के विहे गर्दैछन् अनुष्का र प्रभाष ?

  • | मंगलबार, ३१ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । ‘बाहुबली २’ मा प्रभास र अनुष्का शेट्टीको जोडी दर्शकहरु सबैलाई निकै मनपरेको थियो ।

 

भारतीय मिडियामा उल्लेख गरिएको खबर अनुसार प्रभासले बाहुबलीको सफलता पछि करिब ६ हजार विवाह प्रस्तावलाई अस्विकार गरेका थिए ।


प्रभासले आफु सम्बन्धमा रहेको या विवाहको विषयमा भने आफैले कहिले पनि मुख खोलेका छैनन् । तर, यस बारे बेला बेला चर्चा भने हुने गरेको छ ।


प्रभास र अनुष्काले बिल्ला तथा मिर्ची फिल्ममा पनि संगै काम गरिसकेका छन् ।


प्रभास र अनुष्का दुवै संगै विभिन्न पार्टी र डेटहरुमा गएका तस्वीरहरु सार्वजनिक भएको छ । पछिल्ला दिनमा अनुष्का र प्रभावसको विवाहको बिषयमा चर्चा चलिआएको छ ।


तर, यसबारे प्रभास र अनुष्का दुवैले केही बताएका छैनन् । भारतीय मिडिया अनुसार प्रभास र अनुष्का यस वर्षको अन्तिमतिर विवाहको तयारीमा रहेको जनाइएको छ ।


अहिले आफ्नो आफ्नो फिल्म प्रोजेक्टमा व्यस्त रहेका उनीहरुले केही समयमै यस बिषयमा मुख खोल्ने अनुमान गरिएको छ ।


प्रभास चाढैं नै आफ्नो र अनुष्काको सम्बन्धमा आधिकारिक भनाइ सार्वजनिक गर्न लागेको कुरा बाहिरिएको छ । यसपछि उनीहरुको विवाह डिसेम्बरमा हुने तयारी गरिएको छ ।