बलिउडमा शाहरुख खान जन्माउने निर्देशक टन्डनको निधन

  • | मंगलबार, ३१ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । आइतबार बलिउड निर्देशक लेख टन्डनको निधन भएको छ। केही हप्ता अगाडि मात्र बलिउडका निर्देशक कुन्दन शाहको निधन भएको थियो।


जुन खबरले बलिउड नगरि शोकमग्न भएको थियो। त्यसको एक सातामै फेरि अर्का निर्देशक कुन्दन शाहको निधनले बलिउड तातिएको छ ।

 


८८ वर्षीय लेखको आइतबार बेलुकी ५ः४५ बजे मुम्बईस्थित आफ्नै निवासमा मृत्यु भएको हो। उनी विगत ५ र ६ महिनादेखि विरामी थिए। शोकाकुल परिवारले उनको अन्तिम संस्कार सोमबार दिउँसो १२ बजे गरिने जनाएको छ।


उनले कयौं फिल्ममा अभिनेता बनेर पनि काम गरेका थिए। फिल्म ‘स्वदेश’, ‘रंग दे बसन्ती’, ‘चेन्नई एक्सप्रेस’, ‘चौतरफा छोकरले’ मा उनले अभिनय गरेका थिए।


लेख टंडनले नै अहिलेका बलिउड अभिनेता शाहरुख खानलाई पहिलोपटक ब्रेक दिएका थिए। उनले शाहरुखालाई आफ्नो टीभी सिरियल ‘दिल दरियामा’ कास्ट गरेका थिए।


तर यस सिरियलको प्रोडक्सनमा समय लागेपछि उनको पहिलो टीभी सिरीयल ‘फौजी’ बन्यो।यसैबाट शाहरुखले सानो पर्दामा डेब्यू गरेका थिए।


तर उनले फिल्म ‘चेन्नई एक्सप्रेस’मा एउटा सानो भूमिकाको लागि पनि १८ लाख रुपैयाँ दिएको बताएका थिए। शाहरुख खानले कुन्दको निधनप्रति श्रद्धान्जली ब्यक्त गर्दै ट्वीट गरेका छन् ।