सलमान र ऐश्वर्याको यो गोप्य तस्बिरको यस्तो छ बास्तविकता

  • | सोमबार, ३० असोज, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड स्टार सलमान खान र अभिनेत्री ऐश्वर्य राय बच्चन कुनै बेला प्रेम सम्बन्धमा थिए । यी दुईजनाले धेरै वर्ष एक–अर्कालाई डेट गरे ।


तर अहिले उनीहरु एक नदीका दुई किनारा जस्तै भइसकेका छन् । दुवैबीच व्यवसायिक सम्बन्ध रहे पनि प्रेम भने छैन । ऐश्वर्यले अभिषेक बच्चनसँग विवाह गरेर छोरी पनि पाइसकेकी छन् ।


हालै एश्वर्य र सलमानको एक तस्बिर सार्वजनिक भयो । करिब २ साता अगाडि सार्वजनिक भएको यो तस्बिर अहिले पनि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।


तस्बिरमा सलमान ऐश्वर्यको गलामा चुम्बन गरिरहेका देखिन्छन् । सलमानले गलामा चुम्बन गर्दा ऐश्वर्य मुस्कुराइरहेको देख्न सकिन्छ ।

 

तर यो फोटो सत्य नभएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त तस्बिर फोटोसप प्रयोग गरेर बनाइएको हो ।

 

यस्तै केही अगाडि सलमान र ऐश्वर्यको एक अर्को तस्बिर पनि सार्वजनिक भएको थियो । जसमा ऐश्वर्य सलमानको गलामा म्वाइ खाइरहेको देखिन्छ ।