किन राखियो बाहुबली प्रभासलाई कडा निगरानीमा ?

  • | आइतबार, २९ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउडका चर्चित बाहुबली अर्थात प्रभास कडा निगरानीमा परेका छन् । उनी माथि कुनै पनि घटना नघटोस् भनेर कडा निगरानीमा राखिएको स्रोतले बताएको छ ।

 

प्रभासको आगामी चलचित्र ‘साहो’ को शूटिङमा उनलाई हेर्ने मानिसहरुको भीड लाग्ने भन्दै सुरक्षा कडा पारिएको हो ।


जानकारीका अनुसार प्रभास साहो को शूटिङमा व्यस्त रहँदा मानिसहरुको उल्लेख्य भीड लाग्यो ताकि उनीहरुलाई मनपर्ने स्टारलाई नजिकबाट नियाल्न सकियोस् ।


बाहुबलीको दोस्रो भागपछि उनको फ्यानहरुमा भारी वृद्धि भएको छ । यसैकारण सुरक्षालाई मध्यनजर गर्दै प्रभासको व्यक्तिगत सुरक्षामा पनि दुई गुणा थप गरिएको छ ।

 

फिल्मका निर्मातालाई प्रभासको लुक बाहिरिने डर निकै छ । यस साइन्स फिक्शनमा प्रभाससँगै श्रद्धा पनि देखिनेछिन् ।