सोनम कपूरको बिहेमा जब यी पूर्व-प्रेमीप्रेमिकाहरु आमने–सामने भए...

  • | शुक्रबार, ४ जेष्ठ, २०७५
  • | 3 years ago
एजेन्सी । बलिउड अभिनेत्री सोनम कपूर र आनन्द अहुजाको विहेको पार्टी निकै धुमधामसँग सम्पन्न भयो । जहाँ भारतका निकै ठूला ओहोदाका मानिसहरुको उपस्थिती रहेको थियो भने बलिउड स्टारहरुको पनि बाक्लै जमघट थियो ।

त्यस्तै उक्त बिहे पार्टीमा यस्ता केही दृश्यहरु देखिए जहाँ बलिउडका केहि आधा दर्जन पूर्व प्रेमी प्रेमिका आमने सामने भएका थिए । जो एक अर्काको अनुहारसम्म हेर्न चाहादैँन थिए ति जोडीहरु आफ्ना नयाँ जोडीसँग देखिएका थिए भने भूतपूर्वप्रेमी प्रेमीकाका जोडीलाई पनि नियाल्दै थिए ।

यी पूर्व जोडी जो सोनमको विहेमा आमने–सामने भए ः

सलमान खान – ऐश्वर्या राय बच्चन
सलमान खान र ऐश्वर्या बच्चनको कुनै समय निकै गहिरो प्रेम रहेको थियो । यी दुवै सोनमको विहेको भोजमा उपस्थीत थिए । ऐश्वर्यासँग भेट नहोस् भनेर उनी पार्टीमा निकै ढिलो पुगेका थिए तर ऐश्वर्या निकै अबेर समय सम्म त्यहीँ भएको कारण उनीहरु एक अर्कालाई देख्न वाध्य भए ।

अभिषेक बच्चन – करिश्मा कपूर

श्रीमती ऐश्वर्याको साथमा बिहे पार्टीमा पुगेका अभिषेकको लागि उक्त पार्टी निकै असहज बन्न पुग्यो किनकी त्यहाँ उनको भेट दुई – दुई जना पूर्वप्रेमीकासँग भयो । पार्टीमा उनका दुई पूर्वप्रेमीका रानी मुखर्जी र करिश्मा कपूरको समेत उपस्थिती रहेको थियो ।

कैटरीना कैफ – रणबीर कपूर

 
सोनमको बिहे पार्टीमा कैटरीनाको भेट उनका पूर्वप्रेमी रणवीर कपूरसँग भयो । जहाँ रणवीर आलिया भट्टसँग देखिए भने कैटरीनाले सलमानलाई अंगालो हालेर सबैको सामु आफु पछिल्लो सम्बन्धबाट अगाडि बढिसकेको देखाइन् ।

सिद्धार्थ मल्होत्रा – आलिया भट्ट

रणबीर कपूर भन्दा पहिले आलियाको नाम सिद्धार्थ मल्होत्रासँग जोडिएको थियो । तर अहिले आलिया रणबीर र सिद्धार्थ ज्याकलिन फर्नाडिजसँग सम्बन्धमा रहेका छन् ।

शाहिद कपूर – करीना कपूर
सानम कपूरको बिहे पार्टीमा शाहिद आफ्नी श्रीमती मीरा कपूरसँग आएका थिए भने उनकी पूर्वप्रेमीका करीना कपूर उनका पति सैफ अली खानसँग । पार्टीमा करीना मादक पदार्थ सेवनका कारण नशाको अवस्थामा देखिएकी थिइन् ।

शिल्पा शेट्टी – अक्षय कुमार
शिल्पा शेट्टी र अक्षय कुमार कुनै समय निकै मन पराइएको जोडी थियो यी दुईको जोडीलाई ‘लव बड्र्स’ को रुपमा हेर्ने गरिन्थ्यो । अहिले दुवै आ–आफ्नो वैवाहिक जीवनमा व्यस्थ रहेका छन् ।