सोनम कपूरको बिहेमा पुनः एकपटक देखियो अभिषेक र ऐश्वर्याको सम्बन्धको सच्चाई

  • | बिहीबार, २७ बैशाख, २०७५
  • | 3 years ago

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपूर र आनन्द आहुजाको ‘वेडिङ रिसेप्शन’ मा बलिउडका धेरै स्टारहरुको उपस्थिती रहेको थियो । सोनम र आनन्दलाई बधाई दिनको लागि ऐश्वर्या र अभिषेक पनि उक्त समारोहमा उपस्थित भएका थिए ।


ऐश्वर्या र अभिषेकका केहि लोभलाग्दा दृश्यहरु क्यामरामा कैद भए । कहिले एक अर्काको हात समाएको त कहिले एक अर्कामा हराइरहेका देखिए । बच्चन परिवारबाट अभिषकको जोडी बाहेक श्वेता बच्चन पनि उपस्थित थिइन् ।


ऐश्वर्या र अभिषेकलाई सोनम आफैले निम्तो दिएकी थिइन् । कुनै समय सोनम र ऐश्वर्याकोबीचमा खटपट भएको समाचारले भारतीय सञ्चार माध्यम निकै तातेको थियो ।