कालो हरिण शिकार काण्ड : जोधपुर पुगे सलमान खान, अर्को सुनुवाई १७ जुलाईमा

  • | सोमबार, २४ बैशाख, २०७५
  • | 3 years ago

एजेन्सी । बलिउडका दबंग सलमान खानलाई अझै पनि कालो हरिण शिकारको केशबाट छुटकारा मिलेको छैन । भर्खरै फिल्म ‘रेस’ को शुटिङ सकेका उनी जोधपूरमा सुनुवाइृको लागि पुगेका छन् ।

 

१९९८ मा कालो हरिणको शिकार गरेको केसमा सलमानसँगै सैफ अली खान, सोनाली बेन्दरा, तब्बु र नीलमको नाम समेत जोडिएको भएपनि अदालतले सलमान बाहेक अरुलाई छुटकारा दिएको थियो ।


५ अप्रिलमा जोधपुरमा पेश भएको र ५ वर्षको सजाय सुनाइएको सजायको विरुद्ध सुनुवाई भएको थियो । उक्त समयमा आफ्नो दुवै बहिनीसँग कोर्ट पुगेका सलमानलाई छुट दिइएको थियो ।

 

अब अघिल्लो सुनुवाई १७ जुलाई २०१८ मा हुने भएको छ । जिल्ला तथा सुत्र न्यायालयको जज चन्द्र कुमार सोनगराले यस केशको सुनुवाई अर्को दिन अर्थात १७ जुलाई दिन हुने बताएको छ ।


साथै सलमानका वकील महेश बोहराले अदालतमा व्यक्तिगत रुममा पेश नगर्न माग गर्दै निवेदन दिएका छन् । अदालतमा सलमानकी बहिनी अलविरा अग्रिहोत्री र अर्पिता खान शर्मा पनि त्यहाँ उपस्थित थिए ।