रहस्यमै श्रीदेवीको मृत्यु, आखिर के–के भएको थियो त्यो रात कोठा नं २२०१ मा ?

  • | शुक्रबार, २१ बैशाख, २०७५
  • | 3 years ago

एजेन्सी ।सन् १९७८ मा ‘सोलहवाँ सावन’ मा मुख्य कलाकारको रुपमा बलिउडमा प्रवेश गरेकी श्रीदेवीले आफ्नो जीवनको ४ दशकमा डेढ सयभन्दा बढी चलचत्रिमा अभिनय गरिसकेकी थिइन् ।

 

र, अन्त्यमा सन् २०१७ मा उनले आफ्नै श्रीमान् बोनी कपूरले बनाएको चलचित्र ‘मम’ मा अभिनय गरेकी थिइन् । जुन उनको जीवनकै अन्तिम चलचित्र बन्यो । र उनको २४ फेब्रअरी २०१८ मा दुबईको जुमैरा एमिरेट्स टावर होटलमा उनको निधन भयो ।

 

श्रीदेवीको मृत्युको केस शुरुमा जति सीधा र सरल देखिएको थियो समयसँगै यसले नयाँ–नयाँ रहस्यको पर्दा थप्दै गयो । शुरुमा उनको मृत्यु ‘कार्डिएक अरेस्ट’ को कारण भएको भन्ने रिपोर्ट सार्वजनिक गरिएको थियो । त्यसको लगत्तै भोलिपल्ट उनको मृत्युको कारण ‘बाथटब’ मा डुबेर भएको भनियो । विवादित रिपोर्ट सार्वजनिक हुँदै गर्दा धेरैलाई शंकाको विषय बनेको उनको मृत्युको रहस्य आखिर के हो त ? यो बारे अझै पनि धेरै उल्झनहरु यथावत नै छन् ।

 

श्रीदेवीको मृत्युको उल्झन र तीन प्रश्न

 

पहिलो प्रश्न : किन श्रीदेवी ४८ घण्टासम्म कोठामा थुनिइन् ?


दोस्रो प्रश्न : उनको मृत्यु राति १० बजे भएको थियो तर कसरी ९ बजे पुलिस त्यहाँ पुग्यो ?


तेस्रो प्रश्न : अन्तिममा श्रीदेवीसँग को थियो ?


यो तीन प्रश्नले उनको मृत्युलाई अझै रहस्यमय बनाएको छ । पोस्टमार्टमभन्दा पहिले उनको मृत्यु ‘कार्डिएक अरेस्ट’ भनिएपनि पोस्टमार्टम रिपोर्टपछि कारण नै बदलियो । अहिले सम्म उनको मृत्युबारे कुनै पनि आधिकारिक तथ्यहरु बाहिरिएको छैन । अन्तिम समयमा उनको साथमा को थियो र अस्पताल जादाँ उनीसँग को–को गएका थिए ? यो प्रश्नको आजसम्म पनि कुनै उत्तर भेटिएको छैन ।

 

के हो कोठा नं २२०१ को रहस्य ?

 

श्रीदेवीले दुबईको जुमैरा एमिरेट्स टावर होटलको कोठा नं २२०१ मा २४ फेब्रअरी अर्थात बुधबार दिउँसो ‘चेक इन’ गरेकी थिइन् । यसपछि उनलाई ४८ घण्टासम्म कोठाबाट बाहिर निस्किएको देखेनन् । तबसम्म उनी कोठामा एक्ले बसिन् र यसपछि मात्र उनको मृत्युको समाचार आयो ।

 

उनका श्रीमान् बोनी कपूरको भान्जीको बिहेमा सामेल हुन पुगेकी श्रीदेवीको लागि कोठा नं २२०१ बुक गरिएको थियो । बिहे सकिए लगत्तै बोनी कपूर उनकी सानी छोरी मुम्बई फर्किए भने श्रीदेवी त्यही होटलमा ४८ घण्टा एक्लै बसिन् ।

 


के–के भएको थियो त्यो रात ?

 

यूपीको इनवेस्टर समितमा सहभागी भएर बोनी कपूर २४ फेब्रअरी दिउँसोको फ्लाइटमाबाट बोनी कपूर पुनः दुबई आए । जसको बारेमा श्रीदेवी पनि अनभिज्ञ थिइन् । तर होटलको कोठा भित्र के–के भयो भन्ने बारे अहिलेसम्म दुई थरी कहानी बनेको छ ।

 

पहिलो कहानी बोनी कपूर होटलको कोठामा पुगेर श्रीदेवीलाई बाहिर ‘डीनर’ को लागि जान अनुरोध गरे र श्रीदेवी तयार हुनको लागि बाथरुम गइन् । करिब १५ मिनेट सम्म उनी ननिस्किएपछि उनलको बाथरुमको ढोका खाल्दा उनी ‘बाथटब’ मा बेहोश भेटिएकी थिइन् । त्यसपछि बोनी कपूले आफ्नो साथीलाई फोन गरेका थिए ।

 


दोस्रो कहानीमा भने जतिबेला श्रीदेवी बाथरुम गइन् त्यतिबेला बोनी कपूर त्यहाँ थिएनन् र होटलको कर्मचारीले श्रीदेवीलाई बाथटबमा बेहोस भेट्टाएका थिए ।

 

खैर, यी दुई कहानी र माथिका केहि प्रश्नहरु अझै पनि रहस्यको पोको भएर बसेको छ । के साचोँ हो ? कसैलाई थाहा छैन ।