बलिउडमा धेरै पटक बलात्कारको शिकार भएकी यी अभिनेत्री

  • | शुक्रबार, २१ बैशाख, २०७५
  • | 3 years ago

एजेन्सी । बलिउड विश्वमै नम्बर एक चलचित्र उद्योग हो । जहाँ हरेक विद्यामा चलचित्र निर्माण गरिन्छ । १९६०–७० को दशकमा समाज र सामाजिक उत्पीडन तथा यौन हिंसाका विषयमा निकै चलचित्रको निर्माण भएको थियो ।

 

यस्ता चलचित्रहरुमा सामाजिक रुपमा हुने अन्याय र अत्याचारको सीन निकै देखाइन्थ्यो जसमा अभिनेत्री नजीमाको निकै माग हुने गथ्र्यो ।

 

चलचित्रमा उनलाई धेरैजसो अभिनेताको बहिनी वा अभिनेत्रीको साथीको भूमिकामा राखिन्थ्यो । र चलचित्रमा उनीमाथि बलात्कार भएको सीन देखाइन्थ्यो । सुन्दर र निर्दोष अनुहारको कारण उनलाई निर्देशकहरु अभिनेताको बहिनीको भूमिकामा निकै रुचाउँथे ।

 

नजीमाको जन्म महाराष्ट्रको नासिकमा १९४८ मा भएको थियो । शुरुवातमा नजीमाले बाल कलाकारको रुपमा चलचित्रमा काम गरिसकेकी थिइन् ।

 

१९६० देखि ७० को दशकमा चलचित्रमा बलात्कारको सीनका लागि उनलाई लिने गरिन्थ्यो । यति सम्म कि चलचित्रमा पूरा सीन बलात्कारको सीनमा टिकेको हुन्थ्यो । बलात्कारको सीन गर्दा गर्दा उनलाई ‘रेप रानी’ उपनाम समेत राखिएको थियो ।

 

 

नजीमाले निशान (१९६५), राजेन्द्र कुमारसँग फिल्म आरज़ू (१९६५), दिल्लगी,(१९६६), तमन्ना   (१९६९) , अनजाना   (१९६९)  जस्ता फिल्ममा काम गरिन् । फिल्ममा उनलाई धेरैजसो अभिनेताको बहिनीको भूमिका नै धेरै दिइयो । उनले १९७२ मा फिल्म ‘बेईमान’ मा दिएको दमदार अभिनयका कारण उनलाई फिल्म फेयर अवार्डबाट पनि सम्मान गरिएको थियो । उनको अन्तिम फिल्म ‘लब एण्ड गाँड’ उनको मृत्युपछि मात्र रीलीज भएको थियो ।

 

अभिनेताको बहिनीको रोल गर्दा गर्दै उनलाई ‘बलिउडकी बहिनी’ उपनाम पनि दिइएको थियो ।