पहिलो पटक जया बच्चनले अमिताभको निजि जिन्दगीबारे खोलिन् यस्तो राज

  • | बुधबार, १९ बैशाख, २०७५
  • | 3 years ago

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।


तर उनका परिवारका अन्य सदस्यहरुका कारण भने उनी भारतीय सञ्चार माध्यमहरुमा निकै छाउने गर्छन् । भर्खरै अमिताभकी श्रीमती जया बच्चनले दिएको एक अभिव्यक्तिका कारण निकै चर्चामा आइरहेका छन् यो दम्पती ।


अभिनेत्री तथा समाजवादी पार्टीकी सांसद जया बच्चनले आफू राजनीतिमा हुनुमा र पति बलिउडमा हुनुमा केहि दिन पहिले केहि यस्ता राजहरु खोलेकी छिन् ।


‘इन्डियन एक्सप्रेस’ को कार्यक्रम ‘आइडिया एक्सचेन्ज’ मा जया बच्चनले ‘अमिताभ बच्चनले किन छिट्टै राजनीति छोडे ?’ भन्ने प्रश्नको जवाफमा भनिन्, ‘अमिताभले भावुक भएर राजनीतिमा प्रवेश गरेका थिए । तर उनले यो कुराको छिट्टै महसुष गरे कि उनी राजनीति गर्न सक्षम छैनन् ।’

 

उनले भनिन्,‘अमिताभ एकदमै निजि जीवन ज्यूउँन रुचाउने व्यक्ति हुन् । उनी राजनेता जस्तै बोल्न र उनीहरु जस्तै रहनसहनमा बस्न सक्दैनन् । उनले राजनीति सम्हाल्न सकेनन् ।’


अमिताभ बच्चन १९८४ मा कांग्रेस पार्टीमा आवद्ध भएका थिए र उनले इलाहाबादबाट लोकसभाको चुनाव पनि लडेका थिए । उक्त चुनावमा अमिताभले यूपीका पूर्व सीएम हेमवती नदनलाई दोब्बर मतले हराएका थिए ।