बिहे भएको ११ वर्षपछि के भन्छन् अभिषेक र ऐश्वर्या ?

  • | सोमबार, १७ बैशाख, २०७५
  • | 3 years ago

एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको बिहे भएको ११ वर्ष पुगेको छ । यी दुईले एक वर्षको प्रेम सम्बन्धलाई २० अप्रिल २००७ मा विहेमा परिणत गरेका थिए । विहे गर्दा अभिषेक ३१ वर्ष र एश्वर्या ३३ वर्षकी थिइन् ।


यो यस्तो जोडी हो जसको प्रेमसम्बन्ध आजको पुस्ताको लागि गतिलो उदाहरण बन्न सक्छ । प्रेमसम्बन्धको सुरुवातदेखि नै आजसम्म यी दुईको प्रेम निकै प्रगाढ रहेको छ । ऐश्वर्या र अभिषेकले ११ वर्ष निकै खुशीसाथ बिताए ।


बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल अभिनेत्री ऐश्वर्या र बलिउडमा राम्रै स्थान बनाउन सफल अभिनेता अभिषेक एक अर्काको प्रेममा जुनै पनि हदसम्म जान सक्ने बताउँछन् ।


अभिषेक र ऐश्वर्याको भेट पहिलो पटक २००० मा फिल्म ‘ढाई अक्षर प्रेम के’ को शुटिङमा भएको थियो । त्यस लगत्तै सोही वर्ष नै दुवैले फिल्म ‘कुछ न कहो’ मा काम गरेका थिए । तबसम्म यी दुवै असल साथी मात्र थिए ।