राजपाल यादवलाई ४२ महिना जेल, एक करोड जरिवाना

  • | मंगलबार, ११ बैशाख, २०७५
  • | 3 years ago

एजेन्सी । बलिउडका हाँस्यकलाकार राजपाल यादवलाई दिल्लीको एक अदालतले ४२ महिनाको जेल र एक करोड जरिवाना सुनाएको छ ।


चेक बाउन्सअन्तर्गत ७ मुद्दामा राजपाललाई दोषी ठहर गर्दै प्रत्येक मुद्दामा ६–६ महिना कैद र १.६० करोड रुपैयाँ जरिवाना गरेको हो।


फिल्म बनाउने भन्दै दिल्लीको एक कम्पनीबाट ५ करोड ऋण लिएर चुक्ता नगरेको र बाउन्स चेक दिएर बारम्बार ठाटेको भन्दै राजपालविरुद्ध अदालतमा मुद्दा परेको थियो। अदालतले १३ अप्रिलमा उनलाई सबै मामिलामा दोषी ठहर गरेको थियो।

 

कडकडडूमा अदालतका अतिरिक्त मुख्य महानगर दण्डाधिकारी अमित अरोडाले मुद्दाको सुनुवाई गर्दै राजपाललाई अदालतले पहिला पनि आफ्नो कुरा राख्ने मौका दिएको र फेरि पनि उनलाई आफ्नो कुरा राख्ने अन्तिम मौका दिइएको बताए।

 

चेक बाउन्स प्रकरणमा अदालतले राजपालकी पत्नीलाई पनि दोषी ठहर गरेको छ।

 

यद्यपी यो मामिलामा राजपाललाई राहत दिँदै अदालतले १०–१० लाख क्षतिपूर्ती तिर्न आदेश दिदैँ ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ।