अभिषेक बच्चनलाई प्रश्न : अझै पनि किन माता–पितासँगै नै रहन्छौ ?

  • | बिहीबार, ६ बैशाख, २०७५
  • | 3 years ago

एजेन्सी । बलिउडमा सामाजिक सञ्जालका विषयलाई लिएर निकै ठूला–ठूला मुद्दा नै बन्ने गर्छन् जसबाट सायदै कम अभिनेता तथा अभिनेत्री अछुतो होलान् ।


त्यस्तैमा भर्खरै अभिनेता अभिषेक बच्चन शिकार बनेका छन् सामाजिक सञ्जालमा ‘ट्रोल’ को । जसको जवाफ पनि उनले निकै होशियारीका साथ दिएका एक भारतीय सञ्चार माध्यमले जनाएको छ ।


ट्वीटरमा ‘स्टिल योङ्गेस्ट’ नामको एक युजले अभिषेकलाई व्यङ्ग्य गर्दै भनेका छन्, ‘नराम्रो नमान्नुहोस्, आज पनि आफ्नो माता–पिताको साथमै बस्नुहुन्छ, दुनियाँ तपाईमाथि हास्छ ।’


अभिषेकले जवाफमा लखेका छन्, ‘ हो म आफ्नो माता–पितासँग बस्छु र यो मेरो लागि सबैभन्दा गौरावात्वित कुरा हो कि म हरेक समय उहाँहरुको लागि उपलब्ध हुनसक्छु । तपाई पनि भरोसा गरेर हेर्नुस्, तपाईलाई पनि राम्रो लाग्नेछ ।’


अभिषेक अहिले फिल्मको शुटिङमा व्यस्थ रहेका छन् । अनुराग कश्यपको निर्देशनमा बनिरहेको फिल्म ‘मनमर्जिया’ मा काम गरिरहेका छन् ।