सामाजिक सञ्जालमा नछाएकी एक मात्र बलिउड अभिनेत्री

  • | बुधबार, ५ बैशाख, २०७५
  • | 3 years ago

मुम्बई । आए दिन बलिउडमा कलाकारका सोसल एकाउन्टले नयाँ उचर्य छोएको समाचार आइरहन्छ । कलाकारले सामाजिक सञ्जाललाई आफ्नो फोटो छाप्नेदेखि फिल्मको प्रमोसन र ब्रान्डको प्रमोसनका लागि समेत प्रयोग गर्ने गरेका छन् ।


अझ बलिउडमा त झन् धेरै ब्रान्डले सामाजिक सञ्जालमा फ्लोअर्सको संख्या हेरेर नै इन्डोर्समेन्टको प्रस्ताव लैजाने गरेका छन् । तर कंगना रनौत बलिउडकी यस्ती अभिनेत्री हुन् जसको न फेसबुक छ न ट्वीटर ।


न उनलाई इन्स्टाग्राममा नै देख्न सकिन्छ । उनले सामाजिक सञ्जालमा अनावश्यक समय बित्ने भएका कारणले नै कुनै पनि प्लेटफर्ममा एकाउन्ट नखोलेको बताइन् ।