अनिल कपूरसँग २६ वर्षपछि जोडीमा बाधिँदै माधुरी दीक्षित

  • | सोमबार, ३ बैशाख, २०७५
  • | 3 years ago

एजेन्सी । करिब २६ वर्षपछि बलिउडमा चर्चित अभिनेता अनिल कपूर र अभिनेत्री माधुरी दीक्षित जोडीमा बाधिँने भएका छन् ।


बलिउडको हिट मानिएको यो जोडी पुनः पर्दामा एकसाथ देखिने भएका हुन् ।


अनिल कपूरले ट्वीटरमार्फत फिल्म ‘टोटल धमाल’मा माधुरीसँग २६ वर्षपछि जोडी बाध्न लागेको कुरा जानकारी दिएका हुन् ।

 

इन्द्र कुमारले निर्देशन गर्ने फिल्मको शुटिङ्ग समेत सुरु भइसकेको छ। ‘शुटिङ्गको पहिलो दिन निकै राम्रो भयो। टोटल धमालको शुटिङ्ग सुरु भएको छ। माधुरी दीक्षित, इन्द्र कुमार र म २६ सालपछि एकसाथ काम गरिरहेका छौं। तर हाम्रो क्षमता फिल्म ‘बेटा’का दिनहरुजस्तो छ। यो यात्रा रोमाञ्चक हुनेवाला छ।’

 

फिल्ममा अर्जुन र माधुरी श्रीमान–श्रीमतीको भुमिकामा देखिनेछन्। यसअघि अनिल र माधुरीले फिल्म ‘लज्जा’मा अन्तिमपटक सँगै काम गरेका थिए। दुबैले दर्जनौ फिल्ममा सँगै काम गरेका थिए। जसमा हिफाजत, तेजाब, परिन्दा, राम लखन, किशन कन्हैया, बेटा, खेल, पुकारजस्ता फिल्म छन्।

 

‘टोटल धमाल’ आगामी डिसेम्बर ७ मा रिलिज हुनेछ। फिल्ममा माधुरी र अनिलका अलावा अजय देवगन, अरशद वारसी, जावेद जाफरी, रितेश देशमुख, संञ्जय मिश्राको पनि अभिनय देख्न पाइनेछ।