बलात्कार र यौनहिंसाजस्ता पिडाबाट गुज्रिएका ८ बलिउड अभिनेत्री

  • | बुधबार, २१ चैत, २०७४
  • | 3 years ago

मुम्बई – चर्चित अभिनेत्री डेजी इरानीले हालै एक अन्तर्वार्ताको क्रममा आफू ६ बर्षको छँदा आफ्नो बलात्कृत भएको खुलाएकी थिइन् । उनी मात्र एक्लो अभिनेत्री होइनन् जसले यो पिडा भोग्नु परेको थियो । बलिउडमा कयौँ अभिनेत्री छन् । जसले आफू बालात्कार र यौनहिंसा जस्ता अपराधको शिकार भएको खुलासा छन् ।

 

कंगनाले रानावत


कंगनाले बरखा दत्तको किताव सार्वजनिक कार्यक्रममा यस बिषयमा बोलेकी थिइन् । १७ बर्षको उमेरमा मलाई बुबाको उमेरका एक व्यक्तिले शारीरिक शोषण गरेको बताएकी थिइन् । सो समयमा कंगनाले नाम लिएकी थिइनन् । तर पनि उनको इसार आदित्य पञ्चोलीतिर थियो । उनका साथ कङ्गना एक समय रिलेसनसीपमा समेत थिइन् ।

 

सोमी अली


पाकिस्तानी मुलकी एक अभिनेत्री सोमी अलीले एक अन्तर्वार्ताको क्रममा भनेकी थिइन् – ‘म कयौ तरको घरेलु हिम्सा सहेर हुर्किएकी हुँ । जब म पाँच बर्षको थिए । तब ममाथि यौनशोषण भएको थियो । १२ बर्षमा म अमेरिका सिफ्ट भए । तर १३ बर्षको उमेरमा मेरो बलात्कार भयो । सोमी ८ बर्षसम्म अभिनेता सलमान खानसँगको सम्बन्धमा रहेकी थिइन् ।



शीला रे


शीला रे मोडल, अभिनेत्री तथा सामाजिक कार्यकर्ता थिइन् । उनले सत्ते पे सत्ता र बादशाह जस्ता चलचित्रमा काम गरेकी छिन् । उनी अभिनेता सुधिरकी पत्नी थिइन् । निर्देशक महेश भट्टसँगको सम्बन्ध कारणले पनि उनी चर्चामा थिइन् । सन् १९७७ मा उनलाई ४ जनाले रातभर सामूहिक बलात्कार गरेर बिहान घरको अगाडी फालिदिएका थिए । सो समय उनको छोरा १२ बर्षका थिए । सन् १९९० मा ४४ बर्षको उमेरमा उनको निधन भयो ।



कल्की कोचलिन


एक टिभी समाचारका लागि उनले ९ बर्षको उमेर एक ब्यक्तिले आफूसँग यौनसम्बन्ध राखेका थिए । उक्त समय उनलाई सेक्स भन्ने थाहा थिएन । त्यसपछि उनलाई पछुतो भयो । कयौँ वर्षसम्म उनले यो बिषय लुकाएकी थिइन् ।

 

सपना भवनानी


बिग बोस ६ की प्रतियोगी हेयर स्टाइलिष्ट सपनाले एक अन्तवार्ताको क्रममा २४ बर्षको उमेरमा आफु सामूहिक बलात्कारको शिकार भएको खुलासा गरेकी थिइन् । उनको साथ यो घटना शिकागोमा क्रिसमस डेमा भएको थियो ।

 

पद्मा लक्ष्मी


मोडल तथा अभिनेत्री पद लक्ष्मीले आफ्नो किताव बिमोचन कार्यक्रममा ७ बर्षको उमेर सौतेनी बुबाले आफ्नो यौन शोषण गरेको खुलासा गरेकी थिइन् । सो समय कसैले उनको भरोसा नगरेको पनि उनले बताइन् ।

 

अनुष्का शंकर


पण्डित रवि शंकरकी छोरी तथा सितार बाधक अनुष्का पनि यो अबस्थाबाट गुज्रिएकी छन् । उनले एक कार्यक्रममा बच्चामा आफू यौन उत्पीडनको सिकार हुनु परेको बताएकी थिइन् । उनले यो हर्कत गर्ने मान्छे आफ्नो परिवारको नजिकको भएको बताएकी थिइन् ।



सोफिया हयात


ब्रिटीस अभिनेत्री तथा मोडल सोफियाले पनि आफ्नो यौन शोषणको कुरा बाहिर ल्याएकी थिइन् । केही बर्ष पहिले उनले ट्वीट मार्फत १० वर्षको उमेरमा आफु यौन शोषणको सिकार भएको सार्वजनिक गरेकी थिइन् । उनले आफ्नो बलात्कार आफ्नै अंकलले गरेको समेत बताएकी थिइन् ।