गौरीलाई पाउन यो हदसम्म पुगेका थिए शाहरुख खान

  • | बुधबार, २१ चैत, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउडका बादशाह शाहरुख खानले लामोसमयदेखि फिल्मको दुनियाँमा आफ्नो छुट्टै पहिचाह बनाउँदै आएका छन् । बलिउडका फिल्मका हरेका विद्यामा आफ्नो प्रभावकारी अभिनयका कारण धेरैको मन जीतेका खान अभिनेताका साथै निर्माता पनि हुन् ।


शाहरुखको प्रेमसम्बन्ध

 


शाहरुखको ‘लबस्टोरी’ बाट कोहि पनि मानिस अनभिज्ञ छैनन् । कसरी उनले गौरीलाई पाउनको लागि अनेक काण्ड मच्चाएका थिए ? उनी गौरीको निकै नै दीवाना थिए । उनी गौरीलाई निकै प्रेम गर्थे । यति मात्र होइन गौरीले छोटो कपडा लगाएको समेत उनलाई मन पर्दैन थियो । शाहरुखलाई गौरीलाई बिहे गर्नु भनेको कुनै युद्ध जित्नु जस्तै थियो ।

 

गौरी हिन्दु–पञ्जाी परिवारकी थिइन् भने शाहरुख खान मुस्लिम परिवारका । गौरीको परिवार उनीहरुको सम्बन्धबाट कत्ति पनि खुशी थिएनन् । भनिन्छ शाहरुख गौरीको पछाििड लागेर मुम्बईसम्म पुगेका थिए ।

 

गौरीलाई पाउनको लागि निकै पापड बेलेका थिए । उनले गौरीको लागि रातभर रेलवे स्टेशनमा समेत सुतेका थिए । र, अन्त्यमा यी दुइको बिहे भयो अहिले शाहरुख खान दुनियाँमा राज गर्न सफल भइरहेका छन् ।


अन्य अभिनेत्रीसँगको यस्तो हरकत

 

‘डिम्पल क्विन’ प्रिती जिन्टाको गालाको डिम्पल शाहरुख खानलाई निकै मन पथ्र्यो । एकपटक कुनै कामको शिलशिलामा शाहरुख खान प्रिती जिन्टासँग थिए । र उनले प्रितीको गालमा समाए । जुन कुरा थाहा पाएर गौरीले सलमानलाई झापड मात्र हानिनन् शाहरुखसँग निकै भड्किएकी पनि थिइन् । त्यसपछि उनले कुनै अभिनेत्रीलाई छुने आँट गरेनन् ।


फिल्म ‘डन’ को समयमा प्रियंका चोपडा र शाहरुख खानको बीचको दुरी घट्दै गएको र यो कुरा गौरीको कानसम्म पुगेपछि उनी रिसले आगो भइन् तर शाहरुखले प्रियंकासँगको दुरी निकै बढाए ।


अहिले शाहरुख आफ्नी श्रीमती र बच्चाहरुसँग निकै सुखी जीवन विताइरहेका छन् ।