हलिउड गायकसँगको यस्तो फोटोशुटले बदनाम भइन् ऐश्वर्या राय

  • | बुधबार, २१ चैत, २०७४
  • | 3 years ago

नयाँ दिल्ली । ४२ वर्षीया बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले भर्खरै फेशन म्यागाजिन ‘वोग’ को लागि फोटोशुट गराएकी छिन् । जसमा उनलाई हलिउड गायक फेरेल विलियम्सले साथ दिएका छन् । उनी विलियम्सको साथमा ‘स्टनिङ पोज’ दिइरहेको तस्बिरमा देख्न सकिन्छ ।


अमेरिकन ¥यापर फेरेलसँग ऐश्वर्याले वोग म्यागाजिनको अप्रिल महिनाको लागि यो फोटोशुट गराएकी हुन् । जहाँ उनीहरु दुईको जोडी निकै सुहाएको देख्न सकिन्छ ।


ग्लोबल आइकन फेरेल विलियम्ससँग ऐश्वर्या निकै सुन्दर देखिएकी छिन् तर सामाजिक सञ्जालमा उक्त फोटोशुटको निकै आलोचना गरिरहेका छन् । कसैले यसलाई ‘फोटोशप्ड’ भनिरहेका छन् भने कसैले यसलाई ‘अक्वार्ड’ जोडी भनिरहेका छन् ।