कपिललाई च्यानलको कडा चेतावनी, काम गर्ने कि छोड्ने ?

  • | आइतबार, १८ चैत, २०७४
  • | 3 years ago

एजेन्सी । भारतीय कमेडियन कपिल शर्मा आफ्नो नयाँ शो ‘फेमिली टाइम विथ कपिल शमा’ लिएर टेलिभिजनमा फर्केका छन् । तर सुरुवातमै उनी विवादमा मुछिनु परेको छ ।


गत आइतबार शोको पहिलो एपिसोड प्रशारण भएको थियो । त्यस लगत्तै उनको अनप्रोफेसनल रवैया तथा लापरवाहीका खबरहरु छरपष्ट भए । एक समाचारअनुसार उनले रानी मुखर्जीलाई घन्टौं प्रतिक्षा गराएपछि सुटिङ रद्द गरिदिएका थिए ।


कपिलको यस्तो हर्कतबाट च्यानल हैरान बनेको छ । एउटा एपिसोड रद्द हुँदा च्यानललाई ३०(३५ लाख घाटा भएको बताइन्छ । त्यही भएर च्यानलले कपिललाई कडा चेतावनी दिएको समाचार सार्वजनिक भएको छ ।


भारतीय सञ्चारमाध्यमका अनुसार च्यानलका एक अधिकारीले कपिललाई रुखो शब्दमा चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘या तिमी आफ्नो एपिसोड टाइममा सुटिङ गर, या काम छोडिदेउ ।’


कपिलको गैरजिम्मेवार व्यवहारले गर्दा उनको स्टारडम निरन्तर खस्किदै गइरहेको छ । उनले धेरै व्यक्तिहरुलाई दुख दिइसकेका छन् ।


रानी मुखर्जीभन्दा अगाडि टाइगर श्राफलाई पनि पर्खाएर सुटिङ रद्द गरिएको समाचार आएको थियो । तर, पछि कपिलले स्पष्टिकरण दिँदै टाइगरसँग सुटिङ तय नै नगरेको जिकर गरेका थिए ।


यसअअघि कपिलले आफ्नो पुरानो शोमा पनि शाहरुख खान, अजय देवगण, अक्षय कुमार, विद्या बालन जस्ता स्टारहरुलाई घन्टौं सेटमा पर्खाएका थिए ।

 

कपिलको नयाँ शोको पहिलो एपिसोडलाई खासै रुचाइएको छैन । दर्शकहरुले उनीसँग पुरानो टिम खोजेका छन् । साथै शोका नियमहरु पनि धेरैले चित्त बुझाएका छैनन् ।