प्रिया प्रकाशको नजरले घायल भए सुपरस्टार ऋषि कपूर पनि

  • | आइतबार, ६ फागुन, २०७४
  • | 3 years ago

एजेन्सी । नेशनल क्रश बनेकि प्रिया प्रकाशको पूरा भारत दिवाना भएको छ । एक मिनेटको समयमा प्रियाले नसालु आँखाको माध्यमबाट यस्तो गोलि चलाइनकी रोशनको साथमा पूरा भारत घायल भएको छ।

 

मलयालि चलचित्र ‘ओरु अदार लब’को एउटा गित रातारात हिट भएपछि प्रिया प्रकाशको दिवाना आम मानिस मात्रै होइन ऋषि कपूर जस्ता सूपरहिट स्टार पनि भएका छन् ।

 

ऋषि कपूरले एक ट्वीटको माध्यमबाट प्रियाको खुलेर प्रशंसा गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘मेरो अनुमान छ, यस केटीलाई ठूलो स्टारडम मिल्नेछ । प्रिया वारियर्स ।

 

प्रिया धेरै एक्सप्रेसिभ, लजालु अनि निर्दोष छिन् । प्रिय१ प्रिया तिमी तिम्रो उमेर समूहको वर्गको लागि कडा चुनौती दिन जादैछौ । इश्वरले तिम्रो साथ दिउन, अनि तिमी राम्रो काम गर । मेरो समयमा किन आइनौ तिमी ?’

 

प्रियाले एउटा अन्तर्वार्तामा भनेकी थिइन् कि बलिउडमा काम गर्ने सपना छ । तर अहिले उनी कलेज अनि आउने चलचित्रमा सबै ध्यान दिन चाहन्छिन् । यति मात्रै होइन प्रिया ‘पद्मावत’ चलचित्रको डाइरेक्टर सञ्जय लीला भसालीको साथमा पनि काम गर्न चाहन्छिन ।

 


प्रियालाई मन पर्ने बलिउड नायिका दिपिका पादूकोण हुन् । ‘मनिक्या मलाराया पुवि’ बोलको गीतमा प्रियाले आफ्नो घातक नजरबाट मानिसहरुका मन जित्न सफल भएकी छिन् ।

 

गीतको साथै सो चलचित्रको ट्रेलर आजभोलि धेरै शेयर भइरहेको छ । एक दिन अगाडि रिलिज भएको एस ट्रेलरलाई ३५ लाखभन्दा धेरैले हेरिसकेका छन् ।