अमिताभ बच्चनलाई लाग्यो ठुलो झट्का : ९ सेकेन्डमा डुब्यो ६ सय ४० करोड !

  • | बुधबार, २६ पुष, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई एक झट्का लागेको छ । बिग बीलाई करोडौको घाटा लागेको छ ।


उनलाई करिब ६ सय ४० करोडको घाटा भएको छ । हालै बिटक्वाइन आएर तीव्ररुपमा बिग बीले ६ सय ४० करोड कमाएका थिए ।


तर भर्चुअल करेन्सीमा गिरावट आउनाले कमाको भन्दा कम समयमा उनको पुरै रकम डुबेर उनलाई घाटा भएको छ । बिटक्वाइनमा लगानी गर्ने अमिताभ बच्चन भारतको पहिलो ठुला व्यक्ति थिए । बिटक्वाइनको क्रिप्टोकरेन्सी २० हजार डलरबाट १५ हजारमा झरेको छ ।


उनले ३९४ वर्ष पहिलो यस क्रिप्टोकरेन्सीमा थोरै लगानी गरेका थिए । बिग बीले हैदराबादको स्टैमपीड क्यापिटल मार्फत यसको अप्रत्यक्ष कारोबार गरेका थिए ।


यो कम्पनीले करिव ९ सेकेन्डमा करोडौको लेनदेन गर्ने गर्दछ । कम्पनीले अमिताभलाई ईन्डिभिजुअल नन प्रमोटर शेयर होल्डर बताएका छन् ।


पछिलो समयमा नै बिग बीको यस कम्पनीमा २।३८ शेयर थियो । कम्पनीमा बिग बीको हिस्सेदारी जून, २०१४ देखि रहेको थिय तर लगानी राशि बदलिदै गर्दछ ।


स्टैमपीड क्यापिटल अमेरिकी कम्पनी लांगफिन कोर्पोरेशनको सहयोगी हो ।स्टैमपीडको लांगफिनमा ३७।१४ प्रतिशत हिस्सा रहेको छ र स्टैमपीडमा अमिताभको २।३८ प्रतिशत हिस्सा रहेको छ ।