सलमान र ऐश्वर्यबीच पुनः द्वन्द, ऐश्वर्यको यस्तो निर्णयले सलमान आक्रोेशित

  • | बिहीबार, १३ पुष, २०७४
  • | 3 years ago

एजेन्सी । यतिबेला सलनमान खान ‘टाइगर जिन्दा हें’को कारण चर्चामा छन् । भारतमा मात्रै हैन अन्य थुप्रै देशहरुमा आक्रमक ब्यापार गरी रहेको छ । एक समय थियो बलिउडमा सलमान खान र ऐश्वर्य रायको जोडीले खुबै चर्चा पाउँथ्यो ।

 

तर, सलमान र ऐश्वर्यको सम्बन्ध लामो समय टिकेन । र, उनीहरु दुई अलग भए ।


सलमानको पीडा भुलाउँन ऐश्वर्यले अभिषेक बच्चनसंग बिहे गरन् । तब सलमान ऐश्वर्यको सम्बन्धमा पूर्ण बिराम लाग्यो ।

 

हालैमा सलमानले आफ्नो म्यानेजर रेश्मा सेट्टीलाई हटाएका थिए । १० बर्षसम्म सलमानको म्यानेजर बनेकी रेश्मालाई सलमानले हटाएपछि उनीहरुको सम्बन्ध बिग्रिएको टिप्पणीहरु भए । तर, अक्षय कुमारले रेश्मालाई म्यानेजर बनाए । र, त सलमान र खिलाडी अक्षयको सम्बन्ध बिग्रन पुग्यो ।

 

करण जोहरको पहलमा सलमान र अक्षय पुनः नजिक भए । रेश्मालाई अक्षयले हटाए । त्यसैले त अक्षय स–परिवार सलमानको 'टाइगर जिन्दा हें' हेर्न सिनेमा हलसम्म पुगे ।

 

यतिेबला भने सलमानलाई चिढ्याउने काममा पूर्व गर्लफ्रण्ड ऐश्वर्य अघि सरेछिन् । उनले रेश्मालाई अभिषेकको म्यानेजर बनाएर भित्र्याइन् । अभिषेकका लागि पूर्व ब्वाईफ्रेण्डको दुश्मनलाई हात लिएपछि सलमानको रक्तचाप बढ्ने नै भयो ।