अन्तत: कपिल शर्माले जिते सुनील ग्रोवरको मन, यस शो मार्फत देखिने भए दुवै एकसाथ

  • | शुक्रबार, २४ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । बहुचर्चित कार्यक्रम ‘द कपिल शर्मा शो’का सुनील ग्रोवर र कपिल शर्माको लडाँईले लामो समयदेखि निकै चर्चा पाइरहेको छ । यी दुईबीचको झगडाले उक्त कार्यक्रमका दर्शकहरुसमेत निराश भएका छन् ।

 


अष्ट्रेलियामा भएको यी दुईबीचको झगडाले उग्र रुप लिएको थियो र कपिलले सुनीलसँग कयौँ पटक माफीसमेत मागेका थिए । तर उनले कुनै पनि हालतमा कपिलको शोमा नफर्कने र उनीसँग कुनै कार्यक्रम नगर्ने जानकारी गराएका थिए भने कपिल शर्माले भने सुनीलसँग नयाँ कार्यक्रम लिएर आउने बारम्बार बताउँदै आएका थिए ।

 


सुनील ग्रोवर क्यानडा फर्किने र शोको बारेमा सल्लाह गर्ने बताएका छन् । कपिलले भनेका छन्, ‘धेरै लामो समयदेखि मेरो सुनीलसँग भेटघाट भएको थिएन तर हामी म्यासेजमार्फत कुराकानी गरिरहेका थियौँ । जहिले उनी फर्किन्छन् तब शो विषयमा छलफल गर्नेछौ ।’

 


कपिलले सुनीलसँग आफ्नो दोस्तीमा आएको तित्ततालाई लिएर भने, ‘जसरी उनले हाम्रो शो छोडे मैले त्यसपछि उनले केहि भनेनन् । हामीबीचको लडाँईको मुद्दा यस्तो बन्यो कि हाम्रो दोस्तीलाई नै प्रभावित गर्न थाल्यो । मैले उसलाई सम्झाएको थिए कि जुनै मानिसले पनि गल्ती गर्न सक्छ र मैले पनि गरेको थिए ।’

 

कपिलले यो कुराको पनि खुलासा गरे कि कलर्श च्यानलले उनको शो बन्द गर्ने फैसला लिएको होइन । र च्यानलले उनलाई उनको शो बन्द गर्न दबाब दिएको थिएन । कार्यक्रम बन्द गर्ने निर्णय उनीहरु मिलेर नै गरेका थिए ।