अन्तत: सलमानले भेटे आफ्नी बेहुली, दुवैलाई यस्तो अवस्थामा भेटियो

  • | मंगलबार, २१ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड उद्योगलाई लिएर फ्यानहरुको बीचमा लामो समयदेखि सलमान खान र युलिया वंतरको बीचमा भएको ब्रेकअफको खबर आइरहेको थियो ।


भारतीय सञ्चार माध्यमको अनुसार सलमानको नयाँ चलचित्र ‘टाइगर जिन्दा है’ को शुटिङको दौरान सलमान र कैटरीनाको बीचमा सामिप्यता बढेको थियो ।



सुत्रले जनाएअनुसार युलिया आफ्नो भिषा सकिएको कारण रोमानिया गएकी थिइन् । हरेक पटक जस्तै सलमानले उनको भिषा थप्न यो पटक भने सहयोग गरेका थिएनन् । तर यो कहानिले अर्को मोड लिएको थियो ।

 

युलिया फेरि इन्डिया फर्केर आइन् । यतिमात्र होइन जब उनी एयरपोर्टबाट बाहिरिइन्, बाहिर सलमानको गाडी उनलाई कुरिरहेको थियो । त्यसपछि उनीहरु दुवै गाडीमा चढेर एक यस्तो खास ठाँउमा गए ।

 

सुत्रको अनुसार त्यो ठाँउ सलमान खानको पणवेल फार्महाउस थियो । यद्यपि सलमान आफ्नो आउदै गरेको फिल्म टाइगर जिन्दा है को शुटिङको लागि व्यस्त थिए । जसका कारण युलियालाई समय दिन पाएका थिएनन् ।

 

साथै रणबीरसँग ब्रेकअफ भएपछि कैट्रिना सलमासँग टाइगर जिन्दा हैमा शुटिङ गरिरहेकी थिइन् । यसैकारण कट्रिना सलमानसँग फेरि जोडिएकी थिइन् ।