कपिल शर्मासँग बिहे गर्नको लागि प्रेमीकाले राखिन् यस्तो अनौठो शर्त

  • | मंगलबार, २१ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी। बलिउडका चर्चित हाँस्यकलाकार कपिल शर्माको सर्वाधिक लोकप्रिय कार्यक्रम ‘कमेडी नाइट विथ कपिल’ बन्द गरेर  चलचित्रमा व्यस्त भएका छन् ।


उनी चलचित्रमा मात्र होइन कपिल शर्मा अहिले घरजमको तयारीमा जुटेका छन् । प्रेमीका गिन्नी चतरथसँग गहिरो प्रेम सम्बनधमा रहेका कलाकार शर्मा हिजोआज जहाँ जाँदा पनि प्रेमीका गिन्नी चतरथसँग नै भेटिन्छन् ।


आगामी चलचित्र फिरंगीको प्रदर्शनको तयारीमा रहेका कपिलकी प्रेमीकाले कपिललाई जतिसक्दो छिटो रक्सी छाड्न आग्रह गरेपछि कपिलकी आमा पनि निकै खुशी भएकी छिन् ।

 

चलचित्र फिरंगीको प्रदर्शनपछि यो जोडीले बिहे गर्ने तयारी गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।