विश्वको प्रभावशाली महिलाको सूचीमा प्रियकां ६७ औँ स्थानमा

  • | शुक्रबार, १७ कार्तिक, २०७४
  • | 3 years ago

 

एजेन्सी । हलिउडमा पनि आफ्नो पहिचान बनाएकी बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वको सय प्रभावशाली महिलाको सुचीमा अटाएकी छिन् ।

 

हरेक वर्ष फोब्र्स म्यागेजिनले मापन गर्ने शक्तिशाली महिलाको सुचीमा प्रियंका ६७ औँ स्थानमा रहेकी छिन् । फोब्र्सले उनलाई मनोरन्जन र मिडियाको दुनियामा सबैभन्दा प्राभावशाली महिलाको सूचीमा १५ औं स्थानमा राखेको छ ।

 

यस सूचीमा चर्चित पप गायिका बियोन्स चौथो स्थानमा रहेकी छिन् भने गायिका टेलर स्विफ्टले १२ औं स्थानमा ठाउँ पाएकी छिन् ।

 

उक्त सूचिमा जर्मनीकी चान्सलर पहिलो स्थानमा छिन् भने गायिका बियोन्स ५०औं र टेलर ८५ औ स्थानमा रहेकी छिन् ।

 

१०० प्रभावशाली महिलाको सूची भित्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इवाम्का पनि परेकी छिन् । प्रियंका विश्वमा सबैभन्दा धेरै कमाउने अभिनेत्रीको सुचीमा भने ८ औँ स्थानमा छिन् ।

 

बलिउडमा जम्दै गरेको करिअरलाई छाडेर हलिउड पुगेकी उनले त्यहाँ पनि आफ्नो क्रेजलाई उतिकै कायम राखेकी छिन् ।