४४ वर्षकी भइन् ऐश्वर्या, जान्नुहोस् उनको जीन्दगीसँग जोडिएको ९ खास कुरा

  • | बिहीबार, १६ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । सुन्दरताको उदाहरण ऐश्वर्या राय बच्चन हिजो मात्र ४४ वर्षकी भइन् । सन् १९९४ मा उनले मिस वल्र्डको उपाधि जित्न सफल भएकी रायलाई विश्वमा सुन्दर युवतीमा गनिन्छ ।


साथै सम्बन्धका विभिन्न चर्चालाई लिएर पनि उनी बारम्बार चर्चामा आइरहेकी हुन्छिन् ।


उनको जन्मदिनको दिन उनीसँग जोडिएका यस्ता केहि कुरा जुन उनको जीवनमा खास कुरा हुन्छ ।


१.ऐश्वर्याले आफ्नो जीवनमा पहिलो विज्ञापन केमिल ब्राण्डस्को लागि गरेकी थिइन् । र त्यतिवेला उनी ९ कक्षामा पढ्थिन् ।

 

२. आजसम्म चुनिएका सबै मिस वल्डर्समा भोटिङको आधारमा ऐश्वर्यालाई २ पटक २००० र २०१० मा सबैभन्दा सुन्दर युवती घोषणा गरिएको थियो ।

 

३. सन् १९९४ मा जब ऐश्वर्या मिस वल्र्डको अवार्ड जित्न सफल भइन् तब उनले इवेन्टको होस्टले डेटको लागि सोधेको थियो । तर उनले यो अफर ठाडै अस्विकार गरेकी थिइन् ।

 

४. ऐश्वर्याले मेडिकलको पढाई पूरा गरेर उनी मोडलिङमा आउन चाहान्थिन् तर धेरै सुन्दरी भएको कारण उनलाई थुप्रै अफर आउन थाल्यो त्यसकारण उनी यो काममा आउन बाध्य भइन् ।

 

५. सन् २००७ मा अभिषेक बच्चनसँग बिहे गरेर बच्चन खानदानकी बुहारी बनेकी थिइन् ।

 

६. आमा बनेपछि छोरी आराध्याको लागि धेरै समय बलिउडबाट टाढा रहेकी थिइन् ।

 

७. ऐश्वर्याको आफ्नो बारेमा लेखिएको आर्टिकल कलेक्सन गर्ने बानी छ ।

 

८. ऐश्वर्याले २ पटक फिल्मफेयर अवार्ड जितिसकेकी छिन् ।

 

९. भारत सरकारले उनलाई पद्मश्री पुरस्कारले सम्मानित गरिसकेको छ ।