के साच्चैँ बिहे गर्दैछन् सलमान खान र कट्रिना कैफ ?

  • | शुक्रबार, १० कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान र कट्रिना कैफबीचको सम्बन्धको बारेमा त धेरैलाई थाहा भएकै कुरा हो । एक–अर्कासँग प्रेम सम्बन्धमा रहेर टाढिएका यी दुई पाँच वर्षपछि पुन: एक हुँदै छन् ।


सन् २०१२ मा कबिर खान निर्देशित ‘एक था टाइगर’ कै सिक्वेलका रूपमा ‘टाइगर जिन्दा है’ मा दुवै मुख्य भूमिकामा रहेका कारण हाल उनीहरुलाई साथ–साथै देख्न पाइन्छ । भने फिल्मको अन्तिम गीतको छायांकनका लागि दुवै अहिले ग्रिसमा छन् ।

 

गीतको छायाङ्कन तथा ग्रीसमा खिचेका दुवैले इन्स्टाग्राम र फेसबुक पेजमा पोस्ट गरिरहेका छन् । यो देखेपछि फयानहरूले उनीहरूलाई विवाहको सल्लाहसमेत दिन थालेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


सलमानकी बहिनी अर्पिताले कट्रिनासँगको दाइको तस्बिर सेयर गरेपछि कुरा थप रोचक बनेको छ । अर्पिताले सेयर गरेको फोटोको कमेन्टमा केहीले ‘भैया–भाभी’ लेखेका छन् । कसैले चाहिँ ‘मेड फर इच अदर’ (एकअर्काका लागि बनेका) भन्ने प्रतिक्रिया दिएका छन् ।