पहिलोपटक बोलिन् सुजेन, ऋतिकसँग डिभोर्स हुनुको कारण यस्ताे रहेछ

  • | मंगलबार, ७ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन कहिले प्रेम सम्बन्धले त कहिले श्रीमतीसँगको सम्बन्ध विच्छेदको खबरले सधैं चर्चामा रहन्छन्। उनी अहिले अभिनेत्री कंगना रनावतसँगको विवादमा बढि नै मुछिएका छन्।

 

कंगनाले ऋतिक र आफ्नो प्रेम सम्बन्ध लामो समयदेखि चल्दै आएको तर ऋतिकले आफुलाई धोका दिएको दावी गर्दै आएकी छन्। उनीहरुको विवाद अदालतसम्म पुगीसकेको छ। कंगनासँगको विवादले टेन्सनमा भएका ऋतिक एक्लो महसुस गर्दैछन्। उनको डिभोर्स भएको केही वर्ष मात्र भएको छ।

 

ऋतिकको श्रीमती सुजेनसँग डिर्भोस हुनुको कारण पनि धेरै महिलासँग ऋतिकको गहिरो दोस्ती भएको अनुमान लगाइएको थियो।

 

बाल्यकादेखिका साथी ऋतिक र सुजेनले लामो समय डेट गरेपछि विवाह गरेका थिए। सन् २०१४ मा सुजेनले ऋतिकसँग डिर्भोस मागेपछि बलिउडमा हंगामा मच्चिएको थियो।

 

उनीहरुको विवाह १७ वर्षसम्म चल्यो। अहिले उनीहरुको दुई छोराहरु छन्।

 

उनीहरुको डिर्भोसको अनेक कारणहरु अड्कलवाजी गर्दै कहिले सुजेन त कहिले ऋतिकमाथि प्रश्न उठाइएको थियो।


यसबारे मिडियामा पनि अनेक कुरा भएका थिए। कहिले सुजेनको अभिनेता अर्जुन रामपालसँग सम्बन्ध भएको कुरा चर्चामा आएका थिए त कहिले ऋतिकको विदेशी प्रेमीका भएको खबर बाहिरीएका थिए। यस विषयमा भने ऋतिक र सुजेनले केही सार्वजनिक गरेका थिएनन्।

 

तर आफ्नो परिवारको बारेमा धेरै सार्वजनिक गर्न नरुचाउने सुजेनले ऋतिकसँग आफूले डिर्भोस गर्नुको कारणबारे खुलेर बताएकी छन्। उनले एक भारतीय पत्रिकालाई दिएको अन्तर्वार्तामा आफू र ऋतिकबीच डिर्भोस हुनुको कारण आफ्नो सम्बन्ध अन्तिम अवस्थामा पुगेको बताएकी छन्।

 

उनले भनेकी छन्,‘ म र ऋतिक जीवनको त्यो मोडमा थियौं, जहाँ हामीले छुट्टिनु नै राम्रो विकल्प मान्यौं। झुठो सम्बन्ध निभाउनुभन्दा त वास्तविकतामा आउनु जरुरी थियो। हामीले यसलाई नै अंगाल्यौं।’

 

उनले सम्बन्धलाई झुठो तरिकाले निभाएको नाटक गर्नुभन्दा वास्तविकतामा आफ्नो जीवन विताउने सम्झौता गरेको बताइन्।

 

तर उनीहरुको सम्बन्ध विच्छेद भएपनि बेलाबेलामा साथमा देखिने गरेका थिए। उनीहरुको सम्बन्धमा फेरि केही पालुवा पलाएको उनीहरुको क्रियाकलापले स्पस्ट देखिन्थ्यो।

 

ऋतिकको फिल्मको प्रचार होस वा सुजेनको कुनै कार्यक्रम, यो जोडीले एकअर्कालाई निकै समय दिन थालेका थिए।

 

हालै उनीहरुलाई दुई बच्चासँगै छुट्टी मनाईरहेको भेटिएको थियो। ऋतिक र सुजेन एक अर्कासँग निकै राम्रोसँग व्यवहार गर्दै रमाईलो गरिरहेको तस्वीर पनि सार्वजनिक भएका थिए।

 

तर यस विषयमा पनि सुजेनले स्पस्ट पार्दै छोराहरुको कारण आमावुवालाई सम्झौता गर्नुपरेको बताइन्। उनले भनिन्,‘हामी लामो समयदेखिका साथी हौं। जब हामी साथमा थियौं अहिले जतिको पनि गफ गर्दैनथ्यौं। तर अहिले जति गफ हुन्छ हामी छोराछोरीको भविष्यप्रति नै प्रतिबद्द भएका हुन्छौं।’

 

उनले जब बच्चाको कुरा आउँछ तब मतभेद विर्सिएर बच्चालाई समय दिनु मुख्य कुरा हुने बताइन्।

 

कंगना र ऋतिकबीचको विवाद उच्च केन्द्रमा पुग्दा पनि सुजेन खान फेरि ऋतिसँग नजिक हुने अनुमान गरिएको थियो।

 

किनकी उनले कंगनाले लगाएको आरोपको खण्डन गर्दै ऋतिकजस्तो राम्रो मन भएकालाई फसाउने प्रपञ्च गरिएको सामाजिक सञ्जालमा उल्लेख गरेकी थिइन्।

 

तर सुजेनले यो विषयमा आफ्नो स्पस्ट मत दिँदै ऋतिकसँग पुनः सम्बन्ध बनाउने कुनै योजना नभएको बताइन्।