यी हुन् बलिउडमा पहिलो पटक कण्डमको विज्ञापनमा अभिनय गर्ने नायिका

  • | मंगलबार, ३१ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । कण्डमको प्रयोग पुरुषहरुले बढी गर्ने गर्छन् । तर, पनि कण्डम किन्न अझै लजाउनेहरुको संख्या उच्च रहेको छ । कण्डमको प्रचारका लागि त अझ चर्चीत भनिएका सेलिब्रेटीहरु पनि काम गर्न रचाउँदैनन् ।

 

तर, चर्चीत अभिनेताहरुलाई चुनौती दिदै हालै बलिउडमा रनवीर सिंहले कण्डमको विज्ञापन खेलेका थिए । रनवीर बाहेक हालसम्म कोही पनि चर्चीत एक्टर बलिउड इतिहासमा कण्डमको प्रचार गरेका छैनन् ।

 

अब प्रश्न उठ्नसक्छ । कुन अभिनेताले पहिलो कण्डमको विज्ञापन खेलेका थिए । अभिनेतामा रनवीर नै पर्छन् । अभिनेत्रीमा भने पहिलो पटक कण्डमको विज्ञापन गर्ने पुजा बेदी हुन् ।

 

आजभन्दा २५ वर्ष अधि ‘कामासुत्र’ कण्डमको विज्ञापन गर्दै पुजा बेदीले सबैलाई आश्चर्यमा पारेकी थिइन् । सन् १९९१ मा मार्क रोबिनसनसँग उनले कामसुत्र कण्डमको विज्ञापन गरेकी हुन् ।

 

उनले यस विज्ञापनमा निकै सेक्सी दृश्यहरु दिएकी थिइन् । रिर्पोटका अनुसार यो विज्ञापन यती हट थियो कि भारतीय सेन्सर बोर्डले यसलाई प्रतिबन्ध लगाएको थियो ।