करीना कपूर ४ वर्षसम्म केआरकेसँग ‘रिलेशनशिप’ रहेको खुलासा

  • | मंगलबार, ३१ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । आफ्नो विवादित टिप्पणीबाट सधैँ चर्चामा आइरहने कमाल राशिद खानले हालै बलिउड अभिनेत्री करीना कपूर खानको बारेमा नयाँ खुलासा गरेका छन् । 

 

केआरकेले भर्खरै सामाजिक सञ्जाल ट्विटरमा आफ्नो र करीना खान कपूरको फोटो शेयर गरेका छन् । फोटो शेयर गर्दै केआरकेले लेखेका छन्, म र करीना चार वर्षसम्म सम्बन्धमा थियौँ । र मसँग प्रमाणस्वरुप यो एउटा फोटो छ ।’

 


यद्यपि उनले यस फोटो मार्फत ऋतिक रोशनको समर्थन गरेका हुन् । उनले यस फोटो र स्ट्याटस् मार्फत कंगनाको मजाक उडाएका हुन् ।


कंगनाले केहि समय पहिले मिडियामा एउटा फोटो देखाएर दावी गरेकी थिइन् कि ऋतिकसँग उनी सम्बन्धमा थिइन् । जबकि ऋतिक र उनकी एक्स श्रीमती सुजैनको आमाले उक्त फोटो फोटोशपबाट बनाएकी थिइन् ।


केआरकेले आफ्नो ट्विट कंगना र उनकी बहिनी रंगोलीलाई ट्याग गरेका छन् ।