यस्तो भयो बलिउडका चर्चित अभिनेता कादर खानको हालत

  • | शनिबार, २८ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउडका चर्चित अभिनेता कादर खानको अवस्था निकै नाजुक बन्दै गएको छ । कमेडी गरेर धेरैलाई हसाएका कादर खान अहिले आफैँले हास्न भूलेका छन् ।

 

अभिनय मार्फत सवैको हृदयमा राज गर्न सफल खान अव हिँडडुल समेत गर्न रहर गर्नुपर्ने अवस्थामा पुगेका छन् । हाल छोरा बुहारीको साथ क्यानडामा बसोबास गदैृ आएका खान बिना साहारा चल्न समेत सक्दैनन् । साथै उनी थोरै मानिस बाहेक कसैलाई चिन्दा पनि नचिन्ने भएका छन् ।


उनकी बुहारी शाइस्ता खानले दिएको जानकारी अनुसार उनलाई बोल्न निकै मुस्किल पर्ने र बुहारी र छोरा सरफराजको मात्र कुरा बुझ्ने भएका छन् ।


कादर खान ७९ बर्षका भए । शाइस्ताका अनुसार उनी कादर खानको स्याहारसुसार उनका दुईको छोरीको साथसाथै बच्चाको जस्तै गरेर गर्ने गरेकी छिन् ।

 

उनका छोरा सरफराजको अनुसार कादर क्यानडियन नागरिक भएकोले उतै उनको स्याहार राम्रोसँग हुने र भारत केहिसमयको लागि फर्के पनि सधैँको लागि नबस्ने बताउँछन् ।


कादर खानले आफ्नो करियरको शुरुवात १९७२ मा चलचित्र ‘दाग’ बाट गरेका थिए । ‘अदालत’, ‘परवरिश’,, ‘दो और दो पांच’, ‘याराना’, ‘दिल ही तो है’, ‘तेरा जादू चल गया’, ‘खून का कर्ज’ जस्ता धेरै चर्चित फिल्ममा अभिनय गरेका छन् ।