घर बोलाएर यस्तो भनिन् जया बच्चनले रेखालाई ? जसकारण अमिताभसँग सधैँको लागि टाढा भइन् रेखा

  • | बिहीबार, २६ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउडमा जब महानायक अमिताभको नाम आउँछ तब रेखा पनि जोडिएर आउने गर्छिन् । उनी जहिले पनि कुनै कार्यक्रममा सिन्दुर लगाएर पुग्ने गर्छिन् उनको चर्चा अमिताभसँग जोडिएर हुने गर्छ ।


यद्यपि अमिताभले कहिल्यै पनि उनीहरुको सम्बन्धको बारेमा खुलेर बोलेनन् तर रेखाले विभिन्न अन्तरवार्तामा अभिताभको बारेमा बोल्न थालेकी थिइन् । त्यतिबेला अमिताभकी पत्नी जया बच्चन भने आफ्नो घर बचाउन तिर लागिपरेको खबर आएको थियो ।


रेखा र अमिताभको किस्साको बीचमा जया र रेखासँग जोडिएको किस्सा पनि धेरै नै दिलचस्पी छ । भनिन्छ कि एक पटक जब अमिताभ शुटिङको सिलसिलामा मुम्बई भन्दा बाहिर गएका थिए ।

 

त्यहि मौका पारेर जयाले आफै रेखालाई टेलिफोन गरेकी थिइन् । रेखाले जयाको आवाज सुन्दा सोचेकी थिइन् कि अब जयाले निकै गाली गर्नेछिन् तर यस्तो भएन जयाले उनलाई उनको घर बोलाइन् ।


उनी जयाको घर गइन् । स–सम्मान उनले रेखालाई स्वागत गरिन् । घर देखाइन् । सवैको बारेमा कुरा गरिन् चिनाइन् तर अमिताभको बारेमा एक शब्द पनि बोलिनन् ।


जब उनी घरबाट बिदा हुन लागेकी थिइन् जयाले यस्तो कुरा भनिन् जसका कारण रेखा आफैँलाई आत्मग्लानी भयो । जयाले भनिन्, चाहे जे सुकै किन नहोस् म अमितलाई छोड्नेछैन ।’ जुन कुराले उनलाई महसुस भयो कि उनी एक विहे भएको दम्पतीको घरमा जोडिएको थिइन् ।


त्यसपछि उनले अमिताभको आमने सामने हुन छोडिदिइन् ।