कंगना र रणबीर कपूरको ‘फिजिकल रिलेशनशिप’को बारेमा खुल्यो यस्तो राज

  • | बुधबार, २५ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । अभिनेत्री कंगना रनौत र ऋतिक रोशनको बीचमा भएको विवाद लगातार लम्बिरहेको छ । पछिल्ला दिनहरुमा यी दुईको एक अर्काप्रति जमेर आरोप प्रत्यारोप लगाइरहेका छन् ।

 

अब यो विवादले अर्को एउटा नयाँ मोड लिएको छ । जहाँ एउटा अर्को नयाँ राज खुलेको छ । जसमा अभिनेता रणबीर कपूरपनि मुछिएका छन् ।


सन् २०१४ मा ऋतिक रोशनले पठाएको इमेलमा कंगनाले रणबीर कपूरको बारेमा पनि केहि खुलासा गरेको छ । यस मेलमा उनले दीपिका पादुकोणलाई ‘डिप्लोमेटिक’ र ‘मिनिङगलेस’ भनेकी छिन् ।


जसमा कंगनाले ऋतिकलाई लेखेकी छिन्, ‘रणबीर कपूरले क्विन भन्दा पहिले मलाई वेवास्ता गरेका थिए तर फेटम अफिसमा क्विनको फुटेज हेरेपछि उनले मलाई बीबीमको लागि प्रोत्साहान गरेका थिए ।’


अगाडि कंगनाले लेखेकी छिन्, ‘जब म ग्वालियरमा रिभल्वर रानीको शुटिङ गरिरहेको थिए तब उनले मलाई सिधै अप्रोच गरे । मैले उनलाई भने म अरु कसैसँग सम्बन्धमा छु । फेरि जब म न्यूयोर्कमा थिए तब उनले मलाई म्यासेज गरेर सोधेका थिए, कस्तो छ NYC ?'

 

त्यसपछि मैले सोधेको थिए , 'के तपाईलाई फिजिकल रिलेशनशिपमा दिलचस्पी छ ? उनी हड्बडाए र उनले भने होइन नियमित सम्बन्ध । मैले उनलाई मनाही गरे किनकी म अर्कै सम्बन्धमा थिए । मलाई लाग्यो उनलाई यो कुरा नराम्रो लाग्यो होला ।’