यसकारण २०१७ को सर्वाधिक चर्चित फिल्म साबित हुनसक्छ ‘पद्मावती’

  • | मंगलबार, २४ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । चलचित्र पद्मावतीको लोगो देखि ‘फस्ट लुक’ सम्म चर्चित बनेको थियो । भने भर्खरै रीलिज भएको यस चलचित्रको ट्रेलरले निकै चर्चा पाइरहेको छ ।


सामाजिक सञ्जाल युट्युवमा रीलिज गरिएको चलचित्रको ट्रेलर २४ घण्टा नवित्दै एक नम्बर ट्रेन्डिङमा पर्न सफल भएको छ ।

 

दर्शकको यो उत्साहले नै भन्न सकिन्छ कि यो चलचित्र २०१७ को सर्वाधिक चर्चित चलचित्र हुनसक्ने देखिन्छ ।

 

बाजीराव मस्तानी र रामलीला जस्ता सुपरहिट फिल्म ल्याएका संजय लीला भंसाली दीपिका पादुकोण र रणवीर सिंह यस चलचित्रमा फेरि एकपटक साथमा देखिने भएका छन् । साथै शाहिद कपूरको पनि यस चलचित्रमा मूख्य भूमिका रहेको छ ।

 

यस्ता ५ कारण छन् जसका कारण यस चलचित्र सुपरहिट हुने देखिन्छ ।

 

१. दीपिका पादुकोण र रणवीर सिंहको जोड़ी

 

बलिउडमा निकै चर्चित मानिएको जोडी यो जोडीको कारण पनि यो चलचत्रि हिट हुनेमा दुईमत छैन । बाजीराव मस्तानी र रामलीलामार्फत दर्शकको मनमा बस्न सफल यो जोडीलाई फेरि एकपटक सँगै चलचित्रमा देख्न दर्शक निकै आतुर भएका छन् ।

 


२. शाहिद कपूर र रणवीर सिंह पहिलो पटक एकैसाथ

 

यो चलचित्र यस्तो एउटा खास चलचित्र हो जसमा दुई हिरा एकैसाथ देखिँदैछन् । यी दुई हिरो चलचित्रमा पहिलोपटक एकै साथ देखिन लागेका हुन् । साथै चलचित्र निर्माणको क्रममा आएका समाचारहरुका कारण पनि यस चलचित्र हेर्न निकै दिलचस्प हुनेछ ।


३. संजय लीला भंसालीको निर्देशन

 

संजय लीला भंसालीले बलिउडमा धेरै ऐतिहासिक फिल्म दिएका छन् । जसको लिस्टमा अव यो चलचित्र पनि पर्ने भएको छ । संजयले सधैँ जसो नै आफ्नो निर्देशनबाट मानिसहरुलाई मन्त्रमुग्ध पार्न सफल भएका छन् । यसपटक पनि उनीसँग यस्तै आशा राखिएको छ ।

 

४. फिल्मलाई लिएर भएको विवाद


फिल्म पद्मावतीलाई लिएर आजसम्म जति विवाद सामुन्ने आएका छन् यसकारण फिल्म एक पटक फेरि हलमा हेर्न दर्शक आतुर छन् । यससम्म कि श्री राजपूत करणी सेनाले यो फिल्ममा निकै हंगामा मच्चाएको थियो । यसकारण जान्नु जरुरी छ कि आखिर यस चलचित्रको कथावस्तु कस्तो छ ?

 

५.संजय लीला भंसालीका लगातार तेस्रो हिट फिल्म हुनसक्छ पद्मावती

 

संजय लीला भंसालीले वितेका केहि वर्षदेखि रामलीला र बाजीराव मस्तानी नामको दुई जबरजस्त हिट फिल्म दिएका थिए । यदि पद्मावती पनि बॉक्स ऑफिसमा सुपरहिट भयो भने उनको सफल फिल्मको ह्याट्रिक हुनेछ । हनत उनले यस चलचित्रको लागि जति पैुसा र मेहनत खर्च गरेका छन् यसकारण त यो फिल्म हिट हुन जरुरी नै देखिन्छ ।