हलिउडबाट हुबहु कपि गरिएका बलिउडका ९ सुपरहिट चलचित्र

  • | शुक्रबार, १३ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । जब हामी फिल्म हलमा बलिउड फिल्म हेर्न जान्छौ जहाँ यस्तो सिनहरु खिचिएका हुन्छन् जुन हामी सिठी नमारि बस्नै सक्दैनौ । तर भर्खरै पत्ता लागे अनुसार बलिउडका केहि यस्ता सुपरहिट चलचित्र छन् । तिनीहरुको केहि सिन मात्र होइन हुबहु हलिउड चलचित्रका कपि हुन् ।


केहि यस्ता चलचित्र जुन धेरै दर्शकको मन र मुटुमा बस्न सफल भएका थिए । तर उक्त चलचित्र हलिउडबाट चोरिएका थिए ।

 

हेर्नुस् यी ९ बलिउड चलचित्र जुन हलिउडबाट चोरिएको थियो ।

 

१. बर्फी

 

 

यो फिल्म बर्फी जस्तै मीठो थियो । यस फिल्मले धेरै दर्शकलाई हसायो र रुवायो पनि । तर यस फिल्मको कतिपय सिनहरु हलिउड फिल्मबाट कपि गरिएको थियो ।


२. बर्फी फिर एक बार

 

 

बर्फीुु फिर एक बार नामक फिल्म बलिउडमा निकै नै रुचाइएको फिल्म मध्येमानै पर्छ । तर यस फिल्मको सुरुवातमा सिढीँवाला सिन १९२२ मा आएको Buster Keaton's काे फिल्म  'Cops'  बाट चोरिएको थियो ।


३. गजनी

 

 

सुपरस्टार आमिर खानको चर्चित फिल्म गजनीको एक सिन जहाँ आसिन एकजना बुढा पुरुषसँग बाटोमा देखिन्छिन् र बाटोमा देखिने स–सानो चिजको बारेमा बताउँछिन् । यो हलिउड फिल्म 'Amelie' बाट कपि गरिएको थियो ।

 

४. कहानी

 

फिल्म कहानीबाट विद्या बालनले सावित गरिदिइन् कि यदि चलचित्रको कहानीमा दम भएपछि यसलाई हिट बनाउन ठूला अभिनेता र अभिनेत्रीको आवश्यकता पर्दैन । तर उनको फिल्मको क्लाइमेक्स सिन अथवा आफ्नो गर्भवती बेलाको राज खोल्दाको सिन हलिउड चलचित्र 'Taking Lives' बाट कपि गरिएको हो ।

 

५. सिंघम

 

सिंघमको एक सीन जतिबेला सिंघम बाहिर निस्किन्छ त्यतिबेलाको सिन हलिउड चलचित्र  'Red' बाट कपि गरिएको थियो ।

 

६.ओम शांति ओम

 

चलचित्र ओम शांति ओमको सिनमा जतिबेला अक्षय कुमार हातमा गोली पड्काउदै गरेको सिन देखिन्छ उक्त सीन फ्रेम बाय फ्रेम स्वीडिश फिल्म  'Kopps'  बाट चोरिएको थियो ।

 

७. 3 इडियट्स

 

मिस्टर परफेक्शनिस्टको फिल्मको एउटा सीन जसमा आमिर खान परीक्षाको कापि जम्मा गरिरहेको हुन्छ । उक्त सीन एक एडबाट चोरिएको थियो ।

 

८.दिलवाले

 

रोहित शेट्टीले बनाएको चलचित्रमा शाहरुख खानको दिलवालेको एउटा सिन हलिउड फिल्म 'मिशन इम्पोसिबल 2' बाट चोरिएको थियो ।


९. धमाल

 

 

रशद वारसी र जावेद जाफरीको कमेडी फिल्म धमालको केहि सीन २००२ मा रिलिज भएको हलिउड फिल्म  'Road Trip' बाट चोरिएको हो ।