किन गरेकी थिइन् प्रियंका चोपडाले तीनपटकसम्म आत्महत्या गर्ने प्रयास ? यस्तो छ कारण

  • | बिहीबार, १२ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । टिभी स्टार प्रत्युषा बेनर्जीको आत्महत्या पश्चात सिंगो बलिउड नै शोकमा छ । प्रत्युषाको आत्महत्यालाई लिएर धेरै हल्लाहरु पनि बाहिर आउने क्रम जारी रहेको छ ।

 

 

प्रहरीले आइतबार बेनर्जीको पोष्टमार्टम रिर्पोट सार्वजनिक गरेको छ । पोष्टमार्टमको रिर्पोट अनुसार उनको सफोेकेशनबाट मृत्यु भएको थियो ।


हालै एक कार्यक्रममा बलिउडकी चर्चीत नायिका प्रियंका चोपडाले तीनतीन पटक आत्महत्या गर्ने कोसिस गरेको खुलासा भएको छ । उनका पुर्व म्यानेजर प्रकाश जाजुले यस्तो रहस्य बाहिर ल्याएका हुन् ।

 

उनले भनेका छन्,‘मैले प्रियंकालाई तीनतीन पटक आत्महत्या गर्नबाट रोकेको छु । उनी डिप्रेशनमा आएर यस्तो गर्न लागेकी थिइन् ।’

 


प्रियंकाको असिम मर्चेटसँग अफयेर चलेको बेलामा उनीहरु बिच धेरै नै झगडा हुन्थ्यो । यसैबिच बसाइमा प्रियंकाले आत्महत्या गर्ने प्रयास गरेको र आफुले उनलाई रोकेको बताएका छन् ।


पछिल्लो समय प्रकाश र प्रियंकाबिच राम्रो सम्बन्ध रहेको छैन । प्रियंकाले सम्बन्ध बिग्रदै गएपछि प्रकाशलाई म्यानेजर पदबाट निकालि दिएकी थिइन् ।