समस्यामा फसिन् कंगना रनौत, आदित्य पंञ्चोलीकी पत्नीले उठाइन् यस्तो कदम

  • | बुधबार, ११ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत कार्यक्रम ‘आपकी अदालत’मा दिएको अन्तरवार्ताका कारण निकै चर्चामा छिन् । उनले आदित्य पंञ्चोली र ऋतिक रोशनमाथि गम्भिर आरोप लगाएकी थिइन् ।


जसका कारण कंगनाको विरुद्ध बलिउडमा निकै आवाज उठिरहेको छ ।


एक तर्फ फराह खानले कंगनामाथि ‘विमन कार्ड’ खेलेको आरोप लगाएकी छिन् भने अर्को तर्फ बलिउडमा भाइभतिजावादको कारण कंगनालाई थुप्रैले आलोचना गरिरहेका छन् ।


कंगना रनौतले आदित्य पंञ्चोलीमाथि मारपिटको आरोप लगाएकी थिइन् । साथै उनकी पत्नी जरीनाको बारेमा पनि धेरै खुलासा गरेकी थिइन् । जसका कारण जरीना र उनको परिवार निकै चिन्तित छन् ।


अब कंगनालाई आदित्य पंञ्चोली र उनको पत्नीको विरुद्ध मानहानि गरेको भन्दै नोटिस पठाइएको छ । यतिमात्र होइन आदित्य र जरीनाले यस केसको लागि वकिल समेत झिकाएका छन् । यसबारेमा आदित्यले कुनै पनि जवाफ दिन मानेनन् । उनले भने, यो एक प्रक्यिा हो जसको लागि लिगल नोटिस पठाइएको छ । तर यसबारेमा कुरा गर्न चाहान्न ।