रणबीर–माहिराको ‘लव बाइट’ भएको तस्बिरको बारेमा पिता ऋषि कपूरले दिए यस्तो घिनलाग्दो बयान

  • | आइतबार, ८ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूरको हालै पाकिस्तानी अभिनेत्री माहिरा खानसँगको तस्बिर भाइरल भइरहेको छ । उनीहरुलाई सँगै देखिनुले भन्दा पनि अभिनेत्रीको पिठ्युमा देखिएको ‘लव बाइट’ले सबैलाई हैरान बनाइदिएको छ ।

 

कैटरीनासँग ब्रेकअप भएपछि रणबीर पाकिस्तानी अभिनेत्री माहिरा खानसँग अफयरमा छन् । तर सधैँ उनी यो सम्बन्धलाई अस्विकार गर्ने गरेका छन् ।

 

भनिन्छ माया लुकाएर लुक्दैन । यस्तै रणबीरको जीवनमा पनि लागु भएको छ । उनको यस्तो तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ कि चाहे उनले यो सम्बन्धलाई जति नै लुकाएपनि पर्दाफास भएको छ । यी दुई एक अर्कासँग लुकेर डेट गरिरहेका छन् ।

 

यो तस्बिर त्यस समयको हो जब यहि वर्ष जुलाईमा संजय दत्तको बायोपिक शुटिङको लागि रणबीर कपूर न्युयोर्क गएका थिए । त्यहि समयमा माहिरा खान पनि जुन होटलमा बसेकी थिइन् त्यहाँ रणबीर कपूर उनलाई भेट्न गएका थिए । जब दुवै होटलबाट बाहिरिएका थिए कसैले उनीहरुको तस्बिर कसैले क्यामरामा कैद गरेको थियो ।

 


तस्विरमा सामाजिक सञ्जालमा आगो जस्तै फैलिरहेको छ । एक तस्बिरमा माहिराको पिठ्युमा लव बाइट देखिएको थियो । साथै दुवै चुरोट तानिरहेका थिए ।

 

माहिरा खानले बलिउडमा शाहरुख खानको साथमा फिल्म ‘रईस’ मार्फत डेब्यू गरेकी थिइन् ।


यी सबै कुरा थाहा पाएपछि रणबीरका पिता ऋषि कपूरले आफ्नो प्रतिकृया दिएका छन् । उनले दिएको प्रतिकृयाबाट थुप्रै दर्शक रिसाएका छन् भने उनलाइ सामाजिक सञ्जालमा पनि गाली दिइरहेका छन् । उनले उक्त तस्बिरको बारेमा भनेका छन्, ‘मैले बिहानै यो तस्बिर देखेको थिए । जसमा चिन्तित र हैरान हुने कुनै कुरा नै थिएन । त्यसैले यो तस्विर जसको हो उसैसँग कुरा गर्नुस् । मलाई बीचमा पार्ने काम नगर्नुस् ।’

 

ऋषिले अगाडि भनेका छन्, ‘मैले ती तस्बिर ट्विटरमा मात्र देखे किनकी म ट्विटर मात्र चलाउँछु । अरु सामाजिक सञ्जालहरुमा म छैन । यस तस्बिरमा त्यस्तो केहि छैन । रणबीर युवा स्टार हो र उ अविवाहित पनि । उ जो सुकैसँग पनि भेट्न सक्छ । उसको व्यक्तिगत जीवनमा दखल दिनु राम्रो होइन । म यसबारेमा केहि पनि भन्न सक्दिन किनकी रणबीर युवा हो उसँग जोसुकै सँग नि हिँड्ने अधिकार छ ।’