करीना कपूरको यस फैसलाका कारण बर्बाद भयो बबी देओलको ‘करियर’

  • | शुक्रबार, ६ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । निर्देशक इम्तियाज अलीको ब्लकबस्टर फिल्म जब वी मेटमा करीना र शाहिदको जोडी निकै हिट भयो । तर फिल्मको लागि निर्माताको पहिलो रोजाई शाहिद नभई बबी देओल थिए ।

 

एक अन्तरवार्तामा बबी देओलले भनेका छन् कि जब वी मेटको लागि करीनाले आफै शाहिदलाई चुनेपछि फिल्म शाहिदलाई मिल्यो । पहिले जब वी मेट गीत नामबाट बन्नेवाला थियो जब वी मेट ।


बबी देओलका अनुसार उनी जब इम्तियाज अलीको फिल्म ‘सोचा ना था’ पछि अली उनको फ्यान भएका थिए ।


जब अली जब वी मेट गर्न चाहान्थे त्यतिबेला फिल्मको नाम गीतु थियो । यस फिल्मको लागि बबीले इम्तियाज अलीसँग र फिल्म प्रोडक्शन हाउससँग पनि कुरा गरेका थिए ।


प्रोडक्सन हाउसले यो फिल्म धेरै महङ्गो भएको भन्दै बनाउन इन्कार गरेको थियो । उता करीनापनि इम्तियाजसँग भेटिइनन् ।


करिब ६ वर्षपछि बबीलाई ठूलो झट्का लाग्यो जब उक्त फिल्म जब वी मेटको नामबाट शुरु भयो । यसमा करीनाले उनको ठाउँमा पूर्वप्रेमी शाहिललाई लिइसकेकी थिइन् ।

 

बबी देओल आज पनि यो कुरामा चित्त दुखाउँछन् कि करीनाले त्यस समयमा यदि उनको करियर बर्बाद नगरेको भए सायद आज उनी अन्तै हुने थिए ।