छ महिनापछि फिल्म ‘बाहुबली–२’ को खुल्यो यस्तो राज, सामाजिक सञ्जालमा मच्चियो खैलाबैला

  • | बिहीबार, ५ असोज, २०७४
  • | 4 years ago

एजेन्सी । निर्देशक एस.एस राजामौलीको फिल्म ‘बाहुबली–२’ ले पूरै देश तथा विदेशमा निकै चर्चा कमाएको थियो । यस फिल्मलाई आजपनि दर्शकहरुले उत्तिकै मन पराइरहेका छन् । सवैभन्दा धेरै पैसा कमाएर बक्स अफिसमा पहिलो नम्बरमा पर्न सफल यो फिल्मको एक यस्तो राज खुलेको छ जुन सुनेर तपाई आश्चर्यमा पर्नुहुनेछ ।

 

आजसम्मपनि दर्शकको दिमागबाट हट्न नसकेको यस फिल्म रिलीजपछि यस्तो एक तस्विर बाहिरियो र भाइरल भयो जुन जो कोहि पनि देख्न चाहान्छन् । यद्यपि यो फोटो फिल्मको क्लाइमेक्सको हो ।

 

 

आजभोलि सामाजिक सञ्जालमा भाइरल भइरहेको यो तस्विरमा राणा डग्गुबती र प्रभास चलचित्रमा देखिएको कपडामा देखिएका छन् । तस्विरमा निर्देशक राजामौली ‘भल्लालवदेव’लाई उनको अभिनय सम्झाइरहेका थिए । प्रभास पनि राजामौलीको बात ध्यानसँग सुनिरहेका छन् ।


यसबाट थाहा हुन्छ कि राजामौलीले नै बाहुबली र भल्लावदेवलाई उनीहरुको भूमिकाको बारेमा निखारेका हुन् ।

 

यो फोटो प्रभासले आफ्नो ट्विटर एकान्टमा शेयर गरेका हुन् । यस फिल्मको क्लाइमेक्स सुट गर्दा ३० करोड खर्च भएको थियो । पहिलोपटक बाहुबली २ को क्लाइमेक्स फोटो बाहिरिएपछि राजामौलीले तीन पटक क्लाइमेक्स सुट गराएका थिए । पछिल्लो पटक सुट गरिएका तस्विर पर्दामा देखाइएको थियो ।


यो वर्ष बाहुबली २ लाई टक्कर दिनेवाला कुनै पनि फिल्म आएको छैन । यस फिल्म निर्माणमा १०० करोड खर्च भएको थियो । भने १० दिनमा नै १० करोड कमाएको थियो ।