ऋतिक रोशन र सुजैन फेरि एक हुने, यस्तो छ कारण  

  • | मंगलबार, ३ असोज, २०७४
  • | 4 years ago

 

एजेन्सी । बलिउड सुपर स्टार ऋतिक रोशन र सुजैन खानको सम्बन्ध विच्छेद भएको तीन वर्ष भइसकेको छ । आफ्नो १७ वर्ष लामो वैवाहिक सम्बन्धलाई उनीहरुले सन् २०१४ मा टुटाएका थिए ।

 

उनीहरुको ऋदान र ऋहान दुई छोरा छन् । दुबैले दुई छोराको पालन पोषणको जिम्मा लिएका छन् ।

 

डिभोर्स भइसकेपछि पनि ऋतिक र सुजैनको सम्बन्ध पहिलेको जस्तै छ । समय समयमा भेटघाट गरिरहने र आफ्नो छोराहरुसँग समय बिताउँने गरिहन्छन् उनीहरु।


कहिलेकाँही उनीहरु डिनर पनि सँगै गर्छन् । संसारको लिला पनि अचम्मको छ । सम्बन्ध राम्रो थियो भने किन डिभोर्स गर्नु ? बलिउडमा यो सामान्य भैसकेको छ । उनीहरु डिभोर्स र प्याच्अपलाई सामान्य ठान्छन् । पछिल्लो समय सुजैन र ऋतिक धेरै समयसँगै बिताउने गरेका छन् । त्यसैले उनीहरु फेरि सँगै हुने अड्कल पनि काटिन्छ।

 

कुनै समय सुजैन र ऋतिकको जोडि बलिउडमा सबैभन्दा राम्रो र असल थियो । उनीहरको झगडाको कुरा पनि कहिल्यै आएन् ।


उनीहरु बलिउडका उदाहरण थिए । तर सन् २०१४ मा डिभोर्स गरेपछि उनीहरुको प्रशंसा गर्नेहरु अच्चमित परेका थिए ।


सन् २०११ तिरको एक अवार्डमा सँगै पुगेका थिए ऋतिक र सुजैन । कार्यक्रमको होष्ट थिए शाहरुख खान । शाहरुख खानले ऋतिक र सुजैनलाई अगाडि बोलाए।

 

त्यतिबेलासम्म ऋतिक असल श्रीमानको रुपमा बलिउडमा चिनिन्थे । सोहि अवार्ड कार्यक्रममा उनीहरुले वैवाहिक जीवनको १० औँ वर्षगाँठ मनाएका थिए ।