श्रद्धा कपूरको विरुद्ध अपराधिक गतिविधिमा संलग्न भएको भन्दै उजुरी दर्ता , फर्मले लगायो यस्तो गम्भिर आरोप

  • | मंगलबार, ३ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपूरको बारेमा आएको समाचारले सबैलाई चिन्तित पारिदिएको छ । खासगरि श्रद्धाका शुभचिन्तकहरुलाई यो कुरा सुनेर ठूलो झट्का लाग्नेवाला छ ।


अभिनेत्री श्रद्धा कपूर विरुद्ध आउँदै गरेको चलचित्र ‘हसीना पारकर’ पछिल्लो समय विवादमा परेको छ ।

 

कपडा उत्पादक एक फर्मले अभिनेत्री श्रद्धा कपूर र उनको आउने वाला फिल्म ‘हसीना पारकर’ का प्रड्युसर विरुद्ध धोका र भरोसा तोडेको आरोप लगाउँदै उनीहरुको विरुद्ध उजूरी दावी गरिएको छ । एक सम्झौताको उल्लङ्घन गर्दै फिल्म प्रचार प्रसार गतिविधिको दौरान फेशन लेबल ‘एजेटीएम’ को प्रचार प्रसार गरेको भन्दै उनीहरुको विरुद्ध अपराधिक उजूरी दावी गरिएको हो ।

 

चलचित्र २२ सेप्टेम्बरमा रीलिज हुने तयारीमा रहेको छ ।


फिल्मको प्रमोशनको अवसरमा श्रद्धा कपूरले एक सम्झौतामा लगाएको कपडा मा फेशन लेवल लगाइएको थियो । जसका कारण उक्त ब्रान्डको प्रमोशन पनि हुन सक्थ्यो । तर कपूरले यस्तो केहि गरिनन् । त्यसैले उक्त कम्पनीले सम्झौताको उल्लङ्घन भएको भन्दै कपूर र फिल्मका प्रड्युसरको विरुद्ध उजूरी दर्ता गराएका हुन् ।


‘एम एन्ड एमु डिजाइन फर्म’ कम्पनीका वकिल रिजवान सिद्दले उक्त कम्पनीले फिल्मको लागि अभिनेत्रीलाई कपडा प्रदान गर्ने गर्दछ उक्त कम्पनीले उजूरी दर्ता गरेको बताएका छन् ।


यस उजूरीको सुनुवाई २६ अक्टोबरमा हुनेछ ।