कंगना विवादको बारेमा बोले विवेक ओबराय, पत्रकार सम्मेलनमा गरे यस्तो कुराको पर्दाफास

  • | आइतबार, १ असोज, २०७४
  • | 3 years ago

एजेन्सी । आजभोलि बलिउड अभिनेत्री कंगना रनौतले एक अन्तरवार्ताको दौरान ऋतिक रोशन र आदित्य पंचोलीलाई लगाएको आरोपको कारण निकै तातिरहेको छ । अब यस विवादको हिस्सा बनेका छन् अभिनेता विवेब ओवराय ।


एक फिल्म फेस्टिवल समारोहको पत्रकार सम्मेलनमा पुगेका विवेक ओबरायले कंगना रनौतको निडर बयानको निकै प्रशंसा गरेका छन् । विवेकले भने, कंगना धेरै बोल्छिन् तर उनी हृदयबाटनै बोल्ने सच्चा मानिसमा पर्छिन् । उनलाई मैले नजिकबाट चिनेको छु ।

 

विवेकले अगाडि भने, म कंगना रनौतको मामिलामा यहि कंगना जो जब कुनै महिला आफूमाथि भएको कुनै पनि प्रकारको अनुभव दुनियाँसँग शेयर गर्छिन् । यसको लागि निकै ठूलो साहसको जरुरत पर्छ । मैले कंगनाको साथमा काम गरिसकेको छु । उनी धेरै बोल्ने भएपनि इमान्दार व्यक्तित्व भएकी महिला हुन् । उनी जे भन्छिन् त्यो दिलदेखिनै भन्ने गर्छिन् ।

 

विवेकले थपे, कंगना मेरी साथी हुन् र साथी कलाकार पनि हुन् । साथै ऋतिक पनि घनिष्ट मित्र हुन् । मैले ऋतिकलाई बचपनदेखि नै चिनेको हुँ । उनले कंगना र ऋतिकको सम्बन्धको बारेमा सोधिएको प्रश्नको जवाफमा दुईबीचमा के के भयो र के के भएन भन्ने कुरा तेस्रो व्यक्तिको लागि असहज प्रश्न भन्दै दुवै जनासँग राम्रो सँग नबुझि जवाफ दिनु गैरजिम्मेवारी भएको बताए ।

 

उनले आफ्नो जवाफलाई प्रस्ट्याउँदै अगाडि भने, म यस मामिलाको यसकारण राम्रोसँग सम्झिन सक्छु कि पछिल्ला दिनहरुमा म समाज सेवाको कार्यमा लागिरहेको छु । जव कुनै स–साना केटीहरुमाथि यस्तो व्यवहार भएको कुरा बाहिर आउन मुश्किल छ तर म चाहान्छु कि जसको साथ नराम्रो व्यवहार हुन्छ उनीहरुले खुलेर भन्नु आवश्यक छ । पीडित युवती लाजको कारण तथा पछि बिहे नहुने डरले अगाडि आउँदैनन् ।


साथै उनले वंशवाद र भाइभतिजावादको बारेमा सोधिएको प्रश्नको जवाफमा यो प्रथाको अन्त्य हुनु जरुरी छ र जो सक्षम छ उसलाई काम दिनु पर्नेमा जोड दिए ।