मोनी रोयको कारण सलमानको घरमा भाडभैलो, सलमानको ज्वाईसँग देखिदै मोनी

  • | आइतबार, १ असोज, २०७४
  • | 4 years ago

एजेन्सी । सलमान खानलाई त्यत्तिकै भाइजान भनिएको होइन । उनी सधैँ नै आफ्नो नजिकको मान्छेको मद्धत गर्न तयार रहन्छन् । उनले बलिउडमा थुप्रै नयाँ अनुहारलाई ल्याएर चर्चित समेत गराएका छन् ।

 

उनले हरेक वर्ष एक न एक नयाँ अभिनेत्रीलाई डेब्यू गराइरहेका हुन्छन् । पछिल्लो समयमा मोनी रोयलाई उनले ठूलै गुन लगाउने भएका छन् ।


समाचारको अनुसार सलमानले मोनी रोयलाई बलिउडमा डेब्यू गर्न मद्धत गरेका थिए । यद्यपि सलमान भाईको यो फैसलाले उनको परिवारमा बिलकुल मन पराइएको छैन ।


टीवी शो ‘नागिन’ मार्फत करोडौँ दर्शकको दिलमा बस्न सफल भएकी मोनी रोय बिग बोस –१० मा शोको प्रमोशनको लागि आएकी थिइन् । यस दौरान सलमान खान उनीसँग प्रभावित भएका थिए । मोनीमा काम गर्नको लागि प्यासन रहेको सलमानले बताएका थिए ।

 

बिग बोस सीजन – ११ मा पनि मोनी रोय सलमानको साथ देखिइरहेकी छिन् । तर मोनीको भूमिका शोमा के हुने हो राजकै रुपमा रहेको छ । अनुमान लगाइएको छ कि मोनी बिग बोस सीजन ११ मा होस्ट हुन सक्छिन् ।


चलचित्र ‘गोल्ड’ मा अक्षय कुमारसँग डेब्यू गरिरहेकी मोनीलाई अर्को फिल्म पनि मिलिसकेको छ । मोनीले सलमानकी बहिनी अर्पिताको पति आयुष शर्मासँग ‘रात बाकी’ मा काम गर्ने भएकी छिन् ।