ऋतिकपछि कंगना रनौतले आमिर खानको बारेमा खोलिन् यस्तो राज

  • | शनिबार, ३१ भदौ, २०७४
  • | 4 years ago

एजेन्सी । बलिउड यतिखेर कंगनाको कारण निकै चर्चामा छ । कंगनाले हरेक दिन कोहि न कोहिलाई आफ्नो शिकार बनाउँदै आएकी छिन् । सवैभन्दा पहिले ऋतिक रोशन त्यसपछि आदित्य पंचोली र अब उनले सुपर स्टार आमिर खानको बारेमा खोलिन यस्तो राज । जुन सुनेर तपाई पनि आश्चर्यमा पर्नुहुनेछ ।

 


तर यो पटक कंगनाले कसैको नाम विवादको लागि लिएकी भने होइनन् । यो पटक उनले फिल्म अस्विकार गरेको कुराको राज खोलेकी हुन् । अभिनयमा दखल राख्ने कंगना रनौतले ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खानसँग फिल्म खेल्न अस्विकार गरेकी छिन् ।

 

कंगना आज चलचित्र क्षेत्रमा जुन स्थानमा छिन् त्यो उनले आफ्नै बलबुतामा कमाएकी हुन् । कंगनाले धेरै ठूला सुपरस्टार सलमान खान, शाहरुख खानको चलचित्रमा खेल्न अस्विकार गरेकी थिइन् । साथै कंगनाले आमिरसँग फिल्म खेल्न पनि अस्विकार गरिदिएकी छिन् ।

 


आमिर खानको आउनेवाला चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ मा कंगनालाई काम गर्न अफर गरिएको थियो तर उनले सरासर इन्कार गरिदिइन् । यस फिल्ममा आमिरको साथ अमिताभ बच्चन ,कैटरिना कैफ र फातिमा सना शेख पनि अभिनयमा सामेल छन् ।

 

कंगनाले यसअघि पनि सलमान खानको ‘सुल्तान’, ‘बजरंगी भाईजान’ जस्ता फिल्म नकारेकी थिइन् । भने शाहरुख खानको आनन्द एल राय वाला फिल्म पनि अस्विकार गरेकी थिइन् ।