यी सहकर्मीका कारण भयो कपिल शर्मा र गिनीको ‘ब्रेकअफ’

  • | शुक्रबार, ३० भदौ, २०७४
  • | 3 years ago

एजेन्सी । कपिल शर्मा र उनकी प्रेमिका गिनी चतुर्थले आफ्नो सम्बन्ध टुटेको बताएका छन् । कपिल शर्माको शो बन्द भएको खबर बाहिरिएको केहि समय लगत्तै ब्रेकअफको समाचार आएको हो ।

 

डिएनएका अनुसार ब्रेकअफको कारण कपिलको कोस्टार महिला रहेको बताइएको छ । उक्त शोकी महिला सदस्यले कपिलको विरुद्धमा काम गरिरहेको खवर बाहिरिएको छ । तर उनी उनको विरुद्धमा एक शब्द पनि नराम्रो सुन्न चाहादैँनन् । उनी यति भावानात्मक छिन् कि उनी विश्वास गर्न सक्दैनन् उनलाई कोहि नजिकको मानिसले धोका दिन सक्छ ।

 


स्रोतका अनुसार कपिल आफ्नो सह– सल्लाहकारसँग उनको सम्बन्ध रहेको खबर बाहिरिएको थियो । कपिलले आफ्नो नराम्रो हल्ला फैलिएको कारण आफ्नो बिहेको योजना घोषण गरेर उक्त हल्लालाई शान्त पारेका थिए ।

 

समाचारमा उल्लेख भएअनुसार उक्त महिला सह–सल्लाहकारले कपिलको वरपर कसैलाई पनि आउन नदिएको बताइएको छ ।

 

पछिल्लो हप्ता कपिल शर्मालाई उनकोे स्वास्थ्य र पूर्व सह–स्टार सुनील ग्रोवरको बारेमा सोधिएको प्रश्नमा उनले ‘बलिउड हङ्गामा’को नाम दिएका छन् ।

 

उनले भनेका छन्, म थोरै लर्बराएको थिए अहिले सम्हालिईसकेको छु । र उनले सुनीलको विषयमा पनि बढि बढाईचढाई गरिएको र आफूले यसको लागि धेरै खर्च गरेको बताएका छन् ।