कालो हरिण शिकार काण्ड : सलमान खानको लागि अहम दिन

  • | बिहीबार, २२ चैत, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानको कालो हरिण शिकार काण्डको फैसला हुने भएको छ । करिव दुई दशक पुरानो काण्डको फैसला आज जोधपुर अदालतमा हुने भएको हो ।


उनको लागि आजको दिन निर्णायक दिन हो । आज सलमान खान जेल जाने वा यस काण्डबाट छुटकारा मिल्ने यो भने अदालतको फैसलाले तय गर्नेछ ।

 

मुख्य न्यायिक मजिस्ट्रेट देव कुमार खत्रीले सन् १९९८ मा भएको यस घटनाको सम्बन्धमा २८ मार्चमा प्रतिवद्धता गरेको थियो कि यसको फैसला केहि समयपश्चात सुनाइने छ ।

 

यस काण्डका आरोपीहरुमा सलमान खान, सैफ अली खान, तब्बू, सोनाली बेन्द्रे र नीलम रहेका छन् ।