यस्तो थियो श्रीदेवीलाई छोरी जान्हवीेको पत्र 

  • | बिहीबार, १५ चैत, २०७४
  • | 3 years ago

एजेन्सी । केहि समय अघि मात्र मृत्युवरण गरेकी बलिउडकी अभिनेत्री श्रीदेवीकी छोरी जान्हवीले आफ्नो २१ औँ जन्मोत्सबमा आफ्नी आमालाई सम्झदै एक भावुक पत्र लेखेकी छिन् । जसले धेरैलाई निकै दुखी बनाएको छ ।


जान्हवीधर्मा प्रोडक्सनको फिल्म ‘धडक’बाट बलिउडमा डेब्यू गर्दै्छिन् । आमाको अचानकको मृत्युले जान्हवीलाई गहिरो चोट दिएको छ ।

 

भारतीय संचारमाध्यमका अनुसार छोरीको २१ औं जन्मदिनका लागि श्रीदेवीले विशेषरूपले मनाउने योजना मनाएकी थिइन तर उनको निधनले उनको जन्मदिन खल्लो बनाइदिएको छ । उनलाई जन्मदिनमा अंकलकी छोरी एवम बलिउड अभिनेत्री सोनम कपुरले बधाई दिएकी छन् ।

 

फिल्म रिलिज नभएपनि जान्हवीको सामाजिक संजालमा विशेष चर्चा हुने गरेको छ। फिल्म रिलिज पश्चात उनको काक कस्तो हुनेछ त्यो भने रिलिजपछी नै थाहा हुनेछ। जान्हवीकी एक बहिनी समेत छिन्।उनले आफ्नी आमालाई सम्झदै लेखेको एक भावुक पत्रले थुप्रैको मन भावुक बनाइदिएको थियो।

 

आमाको सम्झनामा उनले यस्तो पत्र लेखेकी थिइन् ।

 

‘मलाई थाहा छ, म यसरी नै बाँच्न सिक्नुपर्छ‘ तमाम सुनसानमा पनि मैले तपाईको माया अहिले पनि महसुस गर्छु। ‘म महसुस गर्न सक्छु, तपाईले मलाई दुस्खबाट जोगाउनुभएको थियो । हरेक पटक मेरा आँखा बन्द हुँदा असल कुरा मात्र आउँछ, मलाई थाहा छ, यो सबै तपाई गरिरहनुभएको छ।तपाईं हाम्रो जीवनमा भगवानको वरदान जसरी हुनुहुन्थ्यो। हामी त्यतिबेलासम्म निकै खुसी थियौं ।

 

मेरा साथीहरु भन्थे, ‘म सधैं खुसी देखिन्छु’। अहिले मलाई थाहा भयो त्यो त सबै तपाईंकै कारण रहेछ । मेरा लागि कुनै समस्या ठूला थिएनन्, कुनै दिन म उदास भइन किनकि तपाई मेरो साथ हुनुहुन्थ्यो ।

 

मलाई कसैप्रति या कुनै चिजप्रति विश्वास गर्न आवश्यक थिएन, किनकी तपाईं मात्र हुनुहुन्थ्यो, जसको मलाई आवश्यकता थियो ।

 

तपाईं मेरो जीवनको हिस्सा र साथी हुनुहुन्थ्यो। म पनि तपाईंका लागि केही गर्न चाहन्थेँ मम्मी। म हरेक दिन बिहान नयाँ आशाका साथ दिनको सुरुवात गर्थें, किनकी एक दिन तपाईं ममाथि पक्कै गर्व गर्नुहुनेछ ।

 

म हरेक दिन यही सोचका साथ उठ्नेछु कि तपाईं यहीँ हुनुहुन्छ र म तपाईंलाई महसुस पनि गर्छु । म, खुसी र बुवाबीच तपाईं अझै हुनुहुन्छ ।

 

तपाईले हामीलाई जे छाडेर जानुभएको छ, त्यसले हामीलाई अझ बलियो बनाएको छ । अगाडि बढ्न हाम्रा लागि यति नै काफी छ तर सबै तरिकाले कहिले पनि पर्याप्त हुनेछैन ।’