आफ्नो विवादलाई भुलेर ऐश्वर्याले जया बच्चनलाई सबैको सामु यस्तो गरेपछि...

  • | शनिबार, १० चैत, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउडका बादशाह मानिने अमिताभ बच्चन यतिबेला आफ्नो पारिवारिक जमघटमा व्यस्थ छन् । ऐश्वर्या र अभिषेक बच्चनले आफ्नो घर छोड्ने समाचारले सञ्चारमाध्यममा निकै चर्चा पाइरहेको समयमा अमिताभ बच्चन भने पारिवारिक जमघटमा निकै व्यस्थ भएको देखिएको छ ।


केहि समयअघि ‘वेमन्स डे’ को अवसरमा अमिताभले आफ्नो घरको सम्पूर्ण महिलाहरुको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका थिए जहाँ बुहारी ऐश्वर्या बच्चन भने कहि पनि देखिएकी थिइनन् । यति मात्र होइन एक अवार्ड शोमा ऐश्वर्यालाई देखेर उनकी नन्दले अर्को तिर मुन्टो बटारेको समाचारले पनि निकै चर्चा पाएको थियो ।


भर्खरै समाजिक सञ्जाल युट्युबमा एउटा भिडियो सार्वजनिक भएको छ जसमा ऐश्वर्या आफ्नी सासु जया बच्चनसँगै देखिएकी छिन् । जहाँ ऐश्वर्याले जयालाई गाडीसम्म छोड्छिन् अनि अंगालो हालेर विदा गरेकी छिन् । यो भिडियो हेरेर अनुमान लगाउन सकिन्छ कि ऐश्वर्या र जया बच्चनबीचको मनमुटाव अब बाकी छैन ।


यो भिडियो अभिनेत्री शम्मी आन्टीको प्रिमियर सम्मेलनमा खिचिएको हो ।